के तपाईको ढाड सहनै नसक्ने गरी दुखेको छ ? यस्तो छ कारण र बच्ने उपाय !

एजेन्सी –  मेरुदण्डमा टाँसिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । मेरुदण्ड ३३ वटा अलग-अलग हड्डीहरुको संरचना हो । नसाहरु ढाडको स्पाइनल–कर्ड वाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् । यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । जसमध्येमा ढाड कम्मर दुख्ने समस्या पनि एक हो ।

ढाड कम्मर दुख्ने कारणहरु 

१) एक्कासी कडा व्यायाम गर्नु

२) अप्ठ्यारो तरिकाले सुत्नु

३) लामो समयसम्म कुप्रीएर बस्नु

४) धेरै गह्रौं वस्तुहरु उचाल्नु

५) गर्भवती अवस्था आदि

बच्ने उपायहरु

ढाड कम्मर दुख्ने समस्याको लागि तपाईंले यस्तो उपायहरु अपनाउन सक्नुहुन्छ ।

१) पोषणयुक्त खाद्यपदार्थको सेवन गर्ने

२) प्रयाप्त मात्रामा पानी पिउने

३) व्यायाम गर्ने

४) ढाडलाई सिधा राखी हिंड्ने प्रयास गर्ने

५) ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ‘ब्याक रेष्टको प्रयोग गर्ने

 

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शरीरको बोसो घटाउन खानुहोस् यी खानेकुरा…