यस्ता छन् हिडाईका आश्चर्यचकित पर्ने १२ फाइदा, जानी राखौँ !

एजेन्सी , हिड्नु मानव शरीरका लागि धेरै फाइदाजनक छ । हिडाईलाई एरोबिक अभ्यास पनि भनिन्छ । टेनेसी विश्वविद्यालयले गरेको अध्ययन अनुसार नहिड्ने भन्दा हिड्ने महिलाको शरीरमा बोसो कम हुने पाइएको छ । हिड्ने मानिसको शरीरमा रगत जम्न पाउदैन र मुटु रोग लाग्दैन । विशेषगरी आर्थराइटिस भएका बिरामीहरुलाई हिडाई  लाभदायी हुने गर्दछ ।

हिडाईका फाइदाहरु :

१. अपांगताको खतरा कम : एक अध्ययन अनुसार हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने देखाइएको छ ।

२. जोर्नीलाई फाइदा : हिडाईले मानिसको शरीरमा चाल पैदा गर्दछ, जसको कारण जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छ र त्यस क्षेत्रले अक्सिजन पाउँछ । तर नहिड्ने मानिसहरुको जोर्नीले त्यस्ता मासी प्राप्त गर्न सक्दैन र गति कम हुन्छ ।

३.  राम्रो निद्रा : हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको एक अध्ययन अनुसार ५०-७५ वर्षका महिलाहरुले दैनिक बिहान १ घण्टा हिड्नाले अनिद्राको समस्याबाट छुट्कारा पाएको देखाएको छ ।

४. रगत सन्चालनमा वृद्धि : हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । टेनेसी विश्वविद्यालय र कोलोराडो विश्वविद्यालयहरुले गरेका अध्ययनले महिनावारी बन्द भैसकेका महिलाहरुले दैनिक २ माइलसम्म हिड्ने गर्नाले २४ हप्तामा रक्तचाप करिब ११ अंकले घट्छ । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ ।

५. हड्डी मजबूत पार्छ : विशेषगरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । महिनावारी बन्द भएका महिलाले दैनिक ३० मिनेट हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी गर्ने पनि अध्ययनहरुले देखाएका छन्  ।

६. आयु बढाउँछ : ५० र ६० को दशकमा पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । मिचिगन विश्वविद्यालय मेडिकल स्कुल र हेल्थकेयर सिस्टम विशेषज्ञ आन हार्बरले गरेको अध्ययनमा नियमित अभ्यास गर्ने ५० र ६० को दशकका मानिसहरु अभ्यास नगर्नेभन्दा ८ वर्षभित्र मर्ने सम्भावना ३५ प्रतिशतले कम हुने देखिएको थियो ।

७. मुड राम्रो बनाउँछ : दैनिक हिड्नाले मुड पनि राम्रो हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँछ ।

८. तौल कम गर्छ : ३० मिनेटको हिडाईले २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल कम हुन मद्धत गर्छ ।

९.मांसपेशी मजबूत बनाउँछ : हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाई कम गर्न मद्धत गर्छ ।

१०. श्वासप्रश्वासमा सुधार ल्याउँछ : हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसंग पुग्न पाउँछ  जसले विकारहरुलाई हटाउन मद्धत गर्छ र शक्तिमा वृद्धि गर्छ ।

११. मानसिक क्षयलाई कम गर्छ : ६५ वर्षमाथिका ६ हजार महिलामा गरिएको एक अध्ययनमा नियमित हिड्नेहरुमा उमेरसंग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम भएको पाइएको थियो । दैनिक २.५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो ।

१२. अल्जाइमरको खतरा कम गर्छ : दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।

 

प्रकाशित : शुक्रबार, असार ०२, २०७४१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिसाब पोल्ने समस्या छ अपनाउनुहोस यो घरेलु उपाय, ३ दिन मै निको हुन्छ !