यस्तो छ मकै खानुको फाईदै फाईदा , क्यान्सर जस्तो गम्भिर रोगबाट पनि बच्न सकिने

एजेन्सी – मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको पौष्टिक तत्व पाईन्छ । यसको सेवन तपाईंको स्वास्थ्यको लागि निकै नै फाईदाजनक छ ।

१) क्यान्सरबाट बचाउँछ

मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । त्यसैले मकैको प्रयोग तपाईंको स्वास्थ्यको लागि निकै नै राम्रो हुन्छ ।

२) अाँखाको ज्योती बढाउँछ

मकैमा भिटामिन ए पाईने हुँदा यसले आँखाको ज्योती बढाउनमा मद्धत गर्छ । यसले वृद्ध अवस्थामा रतन्धो हुने सम्भावनालाई पनि कम गर्छ ।

३) पेटसम्बन्धि समस्यालाई पनि कम गर्छ

आजभोली धेरैजसो मानिस कब्जीयतको समस्याबाट ग्रसित छन् । मकैमा पाइने फाइबर्सले कब्जियतबाट राहत दिलाउँछ ।

४) गर्भवती महिलाको लागि ।

मकैमा भिटामिन बी र फोलिक एसिड हुन्छ । जुन गर्भवती महिलाको लागि निकै नै फाईदाजनक छ ।

५) हड्डीलाई बलियो बनाउँछ

मकैमा जिंक, फोस्फोरस , म्याग्नेसियम र आईरन पाईन्छ । जस्ले हड्डीलाई बलियो बनाउनमा मद्धत गर्दछ ।

 

प्रकाशित : बिहिबार, असार ०१, २०७४१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाई चना चटपटे र पानीपुरी खादैं हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् !