गाईको दूध खाने बच्चा तुलनात्मक रुपमा अन्य बालक भन्दा अग्ला हुने !

एक साताअघि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन’मा प्रकाशित अनुसन्धानका अनुसार दैनिक एक ग्लास वैकल्पिक दूध खाने बालबालिका दैनिक एक ग्लास गाईको दूध खाने बालबालिकाको तुलनामा औसतमा ० दशमलब ४ सेन्टिमिटर (० दशमलब १५ इन्च) होचो पाइयो ।

‘हामीले भटमास, बदाम र चामलजन्य वैकल्पिक दुग्ध पदार्थ सेवन गरेका बालबालिकाको उचाइ गाईको दुध खाने बालबालिकाको तुलनामा केही थोरै पायौँ,’ टोरन्टोस्थित सेन्ट माइकल्स हस्पिटलका बालरोग विशेषज्ञ एवं अनुसन्धानका नेतृत्वकर्ता डा. जोनाथन मग्वायर भन्छन् ।

अनुसन्धानमा २ देखि ६ वर्ष उमेरका पाँच हजार ३४ जना क्यानाडेली बालबालिका समावेश थिए। त्यस अनुसन्धानमा सहभागीमध्ये करिब ५ प्रतिशतले वैकल्पिक दूध सेवन गरेका थिए भने ८४ प्रतिशतले गाईको दूध खाएका थिए। करिब ८ प्रतिशतले दुवै दूध खाएका थिए र करिब ३ प्रतिशतले कुनै पनि दूध खाएनन्।

उक्त अनुसन्धानबाट यो पत्ता लाग्यो कि बालबालिकाको उचाइ उनीहरूले खाएको दूधको मात्रामा निर्भर देखियो।

तर यो अनुसन्धानमा समावेश नभएकी लानु भन्छिन्, “उचाइमा आएको फरक हुनुको कारण कुन दूध खायो त्यसमा निर्भर भयो भन्नु ठीकै होला, तर दूधबाहेक बालबालिकाले अरु के खाए त्यसको पनि लेखाजोखा गर्नु उचित होला।”अनि लानु अभिभावकसँग आग्रह गर्छिन्, ‘तपाईंका केटाकेटी वनस्पतिजन्य दूध खान्छन् भने कुनै चिन्ता लिनु पर्दैन, यति मात्र ख्याल गर्नुहोस् कि उनीहरूले दिनभरमा पर्याप्त पोषण पाइरहेका छन् कि छैनन्?’

यस अनुसन्धानका प्रमुख भान्छन, “तपाईं एउटा उपभोक्ता र अभिभावकका नाताले पसलबाट वनस्पतिजन्य दुग्ध पदार्थ किन्दा त्यसमा गाईको दूध जत्तिकै पोषण छ/छैन हेरेर मात्र किन्नुहोस्। अहिले वनस्पतिजन्य दूध पनि गाईको दूधजतिकै पोषिलो छ भन्दै बजारमा बेचिरहेका छन्।”

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१८:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो छ मकै खानुको फाईदै फाईदा , क्यान्सर जस्तो गम्भिर रोगबाट पनि बच्न सकिने