के तपाईलाई अत्यधिक अल्छी लाग्छ: यस्ता छन् अल्छीपना हटाउने प्रभावकारी उपायहरु…

धेरै चोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं किनभने “भोलिबाद” त नेपालीको संस्कृति हो । अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यहि बानीले हामीलाई अल्छि बनाउँछ ।

अल्छी मान्छेले जीवनमा कहिल्यै सफलता पाउन सक्दैन । यस्तो मानिस निराशावादी हुन्छ । जो मिहिनेती र लगनशील छ, उसले नै जिबनमा सफलता र सुखको मिठास लिन पाउछ।

त्यसैले यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाएमा तपाईंले अल्छीपना हटाउन सक्नुहुन्छ :

१. बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि अतिआवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । बिहान दिनको दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र अल्छीपना भाग्छ ।

२. आजकल मानिसहरू सामाजिक सञ्जालमा धेरै सक्रिय हुने गर्छन । कामको समयमा पनि मोबाइलमा घरिघरि हेरि बस्छन् । यसो गर्दा काममा निकै बाधा पुग्छ । काम गर्दा सामाजिक सञ्जाल र मोबाइल पुरै बन्द गर्नुस् ।

३. जब तपाइलाई अल्छी लाग्छ तबनै तपाइको दिमागमा नकारात्मक कुरा आउछन । यस्तो बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस् ।

४. लामो समयसम्म बसेर गर्ने काम छ? यदि यस्तो छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि १ घण्टापछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ ।

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१८:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गाईको दूध खाने बच्चा तुलनात्मक रुपमा अन्य बालक भन्दा अग्ला हुने !