यस्तो छ , प्लाष्टिकको चामल पहिचान गर्ने ४ सरल तरिका

एजेन्सी – आजभोली प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनिरहेका हुन्छौँ । नक्कली चामलको प्रयोग स्वास्थ्यको लागि निकै नै हानिकारक छ । यसले प्रजनन प्रणालीमा बाधा पुर्याउनुको साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ । त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै नै जरुरी छ ।

आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन्छौं । तपाईंले प्लाष्टिकको चामल हो वा होइन सजिलै छुट्याउन सक्नुहुन्छ । यसको ४ सरल तरिका निम्नानुसार छन् ।

१) एउटा चम्चामा तेललाई हालेर तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।

२) एक चम्चा चामललाई एक ग्लास पानीमा हालेर राम्ररी चलाउनुहोस् । प्लाष्टिकको चामल हो भने , पानीमा तैरिन थाल्छ ।

३) थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।

४) थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

 

प्रकाशित : बुधबार, जेठ ३१, २०७४१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाई अत्यधिक अल्छी लाग्छ: यस्ता छन् अल्छीपना हटाउने प्रभावकारी उपायहरु…