ब्रेस्ट क्यान्सरको जोखिममा हुनुहुन्छ भने यस्ता संकेतहरु देखिन्छन् , तपाईंले जान्नैपर्ने

एजेन्सी – ब्रेस्ट क्यान्सरले धेरै महिलाहरु पिडित छन् । स्तन क्यान्सर हुनुभन्दा पहिला नै हामी सर्तक हुन जरुरी छ । कुनैपनि रोग हुनुभन्दा पहिला विभिन्न किसीमका लक्षणहरु देखिन्छन् । यसबारेमा हामीले जानकारी पाईराख्न निकै नै जरुरी छ । स्तन क्यान्सर हुनुभन्दा पहिला देखिने केही लक्षणहरुको बारेमा आज हामी तपाईंलाई जानकारी दिन्छौं ।

१) नयाँ कोठी आउनु वा अवस्थित कोठीमा परिबर्तन देखिनु 

कोठि छालाको क्यान्सरको लक्षण हुनसक्छ , भन्ने तपाईंलाई लाग्न सक्छ । तर खोज अनुसन्धानअनुसार कोठि नभएको महिलामा भन्दा कोठि धेरै भएको महिलामा ब्रेस्ट क्यान्सर हुने सम्भावना १३ प्रतिशतले बढि हुन्छ ।

२) थकान

थकान विभिन्न रोगको लक्षण हुनसक्छ । तर स्तन क्यान्सर हुने महिलाहरुले बढि थकानको महशुश गर्ने गर्छन् । किनकी क्यान्सरले शरीरभित्र रासायनिक असन्तुलन पैदा गर्छ । राम्रो निन्द्रा लागेपनि यस्ता व्यक्तिलाई चाडैं थकाईको महशुश हुन्छ ।

३) खोकी लागिरहनु

ब्रेस्ट क्यान्सरको असर फोक्सोमा पर्ने हुँदा रोगीलाई खोकी लागिरहने हुन्छ । श्वर सुक्ने , श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् ।

४) ढाड दुख्नु

ढाड दुख्ने समस्या विभिन्न कारणले हुन सक्छ । तर यो लक्षण बे्रस्ट क्यान्सरको पनि हुनसक्छ । यदि तपाईंलाई  पछाडिको माथिल्लो भागमा सहनै नसक्ने गरी पिडा हुन्छ भने , डाक्टरकोमा गई जँचाउनुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०७४१२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेचमा बसेरै यी ५ कसरत गर्नुहोस् , पेटको बोसो घटाउनुहोस्