ग्याष्ट्रिक वा पेटसम्बन्धी समस्याले गर्दा दिक्क हुनुहुन्छ ? यसो गर्नुुस्

एजेन्सी –  आजभोली ग्याष्ट्रिक वा पेटसम्बन्धि समस्याबाट धेरै मानिस चिन्तित छन् ।  तपाइंले यस समस्यालाई कसरत मार्फत समाधान गर्न सक्नुहुन्छ । नियमित योगाभ्यास गर्नाले पेटसम्बन्धि समस्या निको हुन्छ । आज हामी तपाईंलाई यस्ता केही व्यायामहरुको बारेमा जानकारी दिन्छौं ।

१) नौकासन

यस योगाभ्यासले मुटु, फोक्सो तथा आन्द्राहरुलाई निरोगी बनाउँछ । यसका साथै कलेजो तथा पेटसम्बन्धी रोग निको पार्नमा पनि मद्दत पुुर्याउँछ ।

सबैभन्दा पहिला उत्तानो परेर दुबै हातलाई तिघ्राको माथि राखेर सिधा सुत्नुहोस् । त्यसपछि दुबै खुट्टालाई जोड्नुहोस् । बिस्तारै श्वास लिंदै हात, खुट्टा र कम्मरलाई एकै साथ भुँइबाट केही माथि उठाउनुहोस् र हातलाई घुँडामा राखेर १० सेकेण्डसम्म श्वास रोक्ने कोसिस गर्नुहोस् , दश सेकेण्डपछि श्वासलाई छाड्दै जानुहोस् ।

२) पवनमुक्तासन

यस योगासनले स्त्री तथा गर्भासय सम्बन्धी रोग, अम्लपित्त, मुटु रोग, जोर्नी तथा कम्मरको दुःखाई निको पार्नुको साथै पेटको बोसोलाई समेत कम गर्छ ।

यो आसनको लागि सबैभन्दा पहिला उत्तानो सुतेर दाहिने खुट्टा खुम्चाउनुहोस् र बायाँ खुट्टा सिधा तन्काएर राख्नुहोस् । यसपछि खुम्चाएको दाहिने खुट्टालाई दुबै हातले समाती श्वास लिंदै खुट्टालाई आफूतिर तान्नुहोस् । चिउडोलाई घुँडामा छुने प्रयास गर्दै करिव दश सेकेण्डसम्म श्वास रोक्ने र विस्तारै श्वास छाड्दै टाउको तल राख्नुहोस् । त्यसपछि दुबै खुट्टालाई सोझो पारी बायाँ खुट्टालाई पनि दाहिने खुट्टा जस्तै खुम्चाएर सोही अभ्यास गर्नु होस् । यस अभ्यासमा दुबै खुट्टालाई खुम्चाएर दुबै हातले समाती श्वास लिंदै, छोड्ने गर्नुपर्छ ।

३) भुजङगासन

यसले ग्याष्ट्रिक तथा पेटसम्बन्धी रोगहरुको साथै मेरुदण्ड सम्बन्धी रोगलाई पनि फाइदा गर्छ।

सबैभन्दा पहिला दुबै खुट्टा जोडेर घोप्टो परेर सुत्नुहोस् । त्यसपछि दुबै हातको हत्केलालाई भुईमा टेकेर टाउकोलाई आकाशतर्फ उठाई श्वास लिंदै छाती माथि उठाउनुहोस् । माथि हेरेर केहीबेर श्वास रोक्नुहोस् र श्वास छाड्दै पहिलाकै अवस्थामा फर्कनुहोस् ।

प्रकाशित : आइतबार, जेठ २८, २०७४१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रेस्ट क्यान्सरको जोखिममा हुनुहुन्छ भने यस्ता संकेतहरु देखिन्छन् , तपाईंले जान्नैपर्ने