सेतो दुबी के हो र किन आउँछ ? जान्नुहोस्

एजेन्सी –  सामान्य छालाको कुनै भागबाट कुनै कारणवश रंग बनाउने कोषिका स्थायी रुपमा नष्ट भएर जानु तथा प्राकृतिक रुपले रंग पलाएर नआउनुलाई नै दुबी भनिन्छ । दुबी विभिन्न प्रकारको हुन्छ । जस्तै सामान्य दुबी , मिश्रित दुबी , सम्पूर्ण भागमा हुने दुबी आदि ।

छालाको रंग स्थायी रूपले गई फेरि रंग नपलाउनुको कारण बाहिरी वा भित्री हुनसक्छ । चोटपटक, पोलेर वा विशेष रसायन हाइड्रो–क्वीनोनको सम्पर्क हुनु बाहिरी कारण हुनसक्छ । सामान्य या निरोगी व्यक्तिमा पनि चोटपटक वा रसायनले छालाको रंगलाई असर पारिराखेको हुन्छ । तर खर्च भएको रंग फेरि पलाएर आउछ । दुबी हुने व्यक्तिमा नष्ट भएको रंग फेरि पलाउँदैंन । यहि कारणले गर्दा उनीहरुको शरीरको विभिन्न भागमा हल्का सेतो चक्का देखिने हुन्छ । यसैलाई सेतो दुबी भन्ने गरिन्छ ।

प्रकाशित : बिहिबार, जेठ २५, २०७४१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाललाई छिट्टै लामो , बाक्लो , बलियो र चम्किलो बनाउन चाहनुहुन्छ, भने यसो गर्नुस (भिडियो)