यस्ता छन् , हृदयघात हुनु अघि देखिने ५ लक्षणहरु, तपाईंले थाहा पाउनैपर्ने

एजेन्सी – आजभोली युवाहरुमा समेत हृदयघातको समस्या गम्भिर रुपमा देखिन थालेको छ । हृदयघात हुनु अघि हाम्रो शरीरमा केही लक्षणहरु देखिन्छन् । यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बच्न सकिन्छ । आज हामी तपाईंलाई यसकै बारेमा जानकारी दिन्छौं ।

१) वान्ता हुनु

विशेषज्ञहरुका अनुसार हृदयघात हुनु अघि बिरामीहरुलाई खाना नपच्ने वा वान्ता हुने जस्ता समस्याहरु देखिन्छन् ।

२) खुट्टा सुनिनु

मुटुमा समस्या हुनासाथ शरीरको रक्तसञ्चार राम्ररी हुनसक्दैन । जस्ले गर्दा खुट्टा सुनिने समस्या हुन्छ । यस्तो भएमा हृदयघातको खतरा बढेको बुझ्नुपर्छ ।

३) छाती दुख्नु

तपाईंलाई निरन्तर छाती दुख्ने महशुश हुन्छ भने, यसलाई तपाईंले बेवास्ता गर्नुहुदैंन ।

४) पेटको माथिल्लो भाग दुख्नु

पेटको माथिल्लो भाग दुख्नु पनि हृदयघात अघिका लक्षण हुनसक्छन् ।

५) श्वास फेर्न गाह्रो हुनु

श्वास प्रश्वासमा समस्या हुनु पनि मुटुमा गम्भिर समस्याको संकेत हुनसक्छ ।

प्रकाशित : आइतबार, जेठ २१, २०७४१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थोरै मदिराको सेवनले पनि हुनसक्छ स्तन क्यान्सर , तपाईंले जान्नैपर्ने