थोरै मदिराको सेवनले पनि हुनसक्छ स्तन क्यान्सर , तपाईंले जान्नैपर्ने

एजेन्सी – ‘ब्लड क्यान्सर रिसर्च फन्ड’ ले जारी गरेको एउटा रिर्पोटमा दैनिक आधा ग्लास वाइन वा एउटा सानो बोतल बियर पिउनाले पनि स्तन क्यान्सरको जोखिम बढ्ने कुरा उल्लेख गरेको छ । एक सयभन्दा बढि अध्ययनको विश्लेषणको आधारमा फन्डले यो रिर्पोट तयार पारेको हो ।

अध्ययनका अनुसार दैनिक एक सानो ग्लास वाइन खाने महिलाको महिनावारी रोकिएपछि उनीहरुमा स्तन क्यान्सरको जोखिम ९ प्रतिशतसम्म बढ्ने प्रमाण फेला पारेका छन् ।

क्यान्सर हुनुमा जीवनयापनको शैलीदेखि हर्मोनको स्तर र अन्य मेडिकल स्थितिको भुमिका रहन्छ । तर रिर्पोटका अनुसार दैनिक व्यायाम गर्नाले पनि स्तन क्यान्सरको जोखिम कम गर्न भने सकिन्छ ।

प्रकाशित : सोमबार, जेठ २२, २०७४१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाललाई छिट्टै बढाउनको लागि लसुनको प्रयोग निकै नै लाभदायक (भिडियो)