गर्मी मौसममा शरीरलाई फिट राख्नको लागि तपाईंले अपनाउनैपर्ने ३ उपायहरु

एजेन्सी – गर्मी दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा तपाईंले शरीरलाई फिट राख्न निकै नै जरुरी छ । तपाईंले यसको लागि तलको ३ उपायहरुलाई अपनाउन सक्नुहुन्छ ।

१) मौसमअनुसारको तरकारी र फलफूलको प्रयोग गर्नुहोस्

गर्मी मौसममा गोलभेंडा , पालुंगो, लौका जस्ता तरकारी खानु निकै नै राम्रो हुन्छ । यसमा कम क्यालोरी हुने भएकोले यसले एसिडिटी सम्बन्धि समस्याको समाधान गर्छ । तौल घटाउन चाहनुहुन्छ भने, बिहानको खाजामा तपाईंले केरालाई खान सक्नुहुन्छ । यसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउँछ । त्यसैगरी मौसमी फलफूल पनि धेरै खानुहोस् । खरबुजाले सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँछ ।

२) प्रयाप्त मात्रामा तरल पदार्थ पिउनुहोस्

गर्मी मौसममा तरल पदार्थ पिउन अत्यन्तै जरुरी छ । तपाईंले जुस , दहि , लस्सी , मही , कागती पानी जस्ता तरल पदार्थहरु बढि मात्रामा खानुपर्छ । गर्मी मौसममा तपाईंले चिया र कफि भन्दा बढि यस्ता तरल पदार्थ पिउनु नै फाईदाजनक हुन्छ ।

३) व्यायाम गर्नुहोस्

शरीरलाई फिट राख्नको लागि तपाईंले बिहान र बेलुका व्यायाम गर्न जरुरी छ । मर्निंग वाकले पनि शरीरलाई दिनभरी स्वस्थ र फुर्तिलो बनाउँछ । बेलुकी खाना खाईसकेपछि १५–२० मिनेट हिड्डुल गर्नाले पनि शरीरलाई फिट राख्नमा मद्धत पुग्दछ ।

प्रकाशित : आइतबार, जेठ २१, २०७४१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन् , हृदयघात हुनु अघि देखिने ५ लक्षणहरु, तपाईंले थाहा पाउनैपर्ने