यी हुन् क्यान्सरको हुनु भन्दा पहिले देखिने ५ लक्षण, तपाईले जान्नैपर्ने

एजेन्सी – क्यान्सर गम्भिर प्रकारको रोग हो । क्यान्सरले मानिसको ज्यान लिन्छ । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुबैको क्षति हुन्छ ।

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । तर सामान्यतया धेरै मानिसले यस्ता शुरुवाती लक्षणलाई बेवास्ता गर्ने गर्छन् । क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

१) खाना नलिको क्यान्सर

नियमित रुपमा खाना निल्नमा समस्या हुन थाल्यो भने यसले खाना नलिको क्यान्सरको संकेत गर्ने हुनाले यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ गई जँचाउनुपर्छ ।

२) आन्द्राको क्यान्सर

दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । दिशामा रगत देखिनु र दिशा लाग्ने समय परिवर्तन भईरहनु आन्द्रामा हुने क्यान्सरको संकेत हो ।

३) फोक्सो क्यान्सर

निरन्तर खोकी लाग्नु फोक्सोको क्यान्सरको मूख्य लक्षण हो । लामो श्वास लिदाँ वा हाँस्दा समेत छाती दुख्ने समस्या हुन्छ , भने तपाईंले तुरुन्तै डाक्टरलाई जँचाउन जरुरी छ ।

४) स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सरलाई निकै नै घातक मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । यो प्रायजसो खुट्टाको पछाडी , पाखुरा वा अनुहारमा देखिन्छ ।

५) धेरै प्रकारको क्यान्सर

यदि तपाईंको शरीरमा रहस्यमय रुपमा शरीरको तौल घटिरहेको छ भने, यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०७४१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जैतुनको तेलमा कागती निचोरेर सिर्फ एक पटक प्रयोग गर्नुस्, अनि हेर्नुस् यसको आश्चर्यजनक फाइदै फाइदा