जैतुनको तेलमा कागती निचोरेर सिर्फ एक पटक प्रयोग गर्नुस्, अनि हेर्नुस् यसको आश्चर्यजनक फाइदै फाइदा

एजेन्सी – हामीले तपाईंलाई विभिन्न किसीमका ब्युटी टिप्सहरु दिदैं आईरहेका छौं । तर सुन्दर देखिनको लागि शरीर स्वस्थ हुन निकै नै आवश्यक छ । स्वस्थ नभएमा कुनैपनि क्रिमले काम गर्न सक्दैन ।

आज हामी तपाईंलाई एउटा प्राकृतिक उपायको बारेमा जानकारी दिन्छौं । जुन स्वास्थ्यको लागि निकै नै लाभदायक छ । यसको लागि तपाईंलाई मात्र २ वटा सामाग्री जैतूनको तेल र कागतीको रसको आवश्यकता पर्छ । यी दुई सामाग्रीको मिश्रणलाई १ चम्चा मात्र सेवन गर्नाले पनि शरीरको विभिन्न विषादिहरुलाई हटाउन सकिन्छ । यसका साथै यसको सेवनले स्वास्थ्यमा धेरै किसीमको लाभ मिल्दछ । जुन निम्नानुसार छ ।

१) बाथ

यस मिश्रणमा एन्टीइन्फ्लामेट्री गुण हुन्छ । जुन बाथ रोगबाट छुट्कारा पाउनको लागि निकै नै फाईदाजनक छ । यस उपायको नियमित प्रयोगले जोर्नीको दुखाईबाट आराम मिल्छ ।

२) हृदयसम्बन्धि समस्या

जैतूनको तेल र कागतीको रसको मिश्रणको सेवनले हृदयसम्बन्धि समस्याबाट पनि बच्न सकिन्छ । यस मिश्रणले कोलेस्ट्रोलमा नियन्त्रण ल्याउनुको साथै रक्तसञ्चारमा सुधार ल्याउँदछ ।

३) मृगौला, कलेजो र पित्ताशयको थैलीलाई सफा गरी कार्यमा सुधार ल्याउँछ ।

बिहान खाली पेटमा यस मिश्रणको सेवनले पित्तमा पत्थर हुने सम्भावना कम रहन्छ । यसलाई खाना खानुभन्दा अगाडि एक गिलास पानीसँगै खानाले मृगौला, कलेजो र पित्ताशय थैलीलाई सफा गरी कार्यमा सुधार ल्याउँदछ ।

४) कब्जीयतबाट आराम दिलाउँछ

यस मिश्रणको प्रयोगबाट शरीरको विषादिहरु बाहिर आउने हुन्छ । जस्ले गर्दा शरीर सफा भई पाचन शक्तिमा सुधार आउने हुन्छ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला ।  स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : शनिबार, जेठ २०, २०७४११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र एउटा प्याजको प्रयोग गरी कपाललाई छिट्टै बढाउन अपनाउनुहोस् यस्तो उपाय (भिडियो)