दाद किन र कसरी आउँछ ? यसबाट बच्ने उपायको बारेमा जान्नुहोस् !

एजेन्सी – दाद छालासम्बन्धि एक रोग हो । दादको कारणले छाला चिलाउने समस्या हुन्छ । यसलाई ‘ फंगल इन्फेक्शन ‘ पनि भनिन्छ । गर्मी मौसममा फंगल इन्फेक्शन बढि हुन्छ । फंगल इन्फेक्शन अर्थात छालामा ढुसी पर्नुको कारण विभिन्न हुनसक्छन् । यस्तो चिलाउने ढुसी माटो , जनावर र अरु व्यक्तिबाट सर्ने गरेको पाईन्छ । साथीहरुको लुगा साटासाट गर्दा , एउटै तौलियाको प्रयोग वा परिवारका सदस्यबाट पनि दाद सर्न सक्छ ।

दाद शरीरको जुनसुकै भागमा आउन सक्छ । दादको आकार रिंग जस्तै हुन्छ । दाद प्रायगरी सरसफाईको कमीको कारणले आउने गर्छ ।

बच्ने उपाय

१) नियमित सरसफाईमा ध्यान दिनुपर्छ ।

२) भित्रि लुगा बाथरुममा सुकाउनाले फंगल इन्फेक्शन हुने सम्भावना रहने हुँदा घाममा वा हावा चल्ने ठाउँमा  मात्र सुकाउनुहोस् ।

३) नाइलन मिसिएका कपडाको प्रयोग कम गर्नुपर्छ । जसले पसिना धेरै निकाल्ने गर्छ र शरीर ओसिलो बनाईराख्छ ।

४) तत्काल चिकित्सककहाँ जँचाउनुहोस् । दाद फेरि बल्झिरहन सक्ने भएकोले जँचाईसकेपछि पनि आफैंले सरसफाईमा    ख्याल गर्नुपर्छ ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०७४१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् क्यान्सरको हुनु भन्दा पहिले देखिने ५ लक्षण, तपाईले जान्नैपर्ने