यी ५ सजिलो घरेलु उपायमध्ये कुनै एकलाई अपनाई कपाललाई शिल्की र आर्कषक बनाउनुहोस्

एजेन्सी – शिल्की , चिल्लो र नरम कपालको सपना हरेक केटिको हुन्छ । कपाल जस्तोसुकै किसीमको भएपनि सिल्की र चम्किलो भएमा आर्कषक देखिन्छ । पोषणको कमी , कपालको हेरविचार नगर्नु , विभिन्न रसायनहरु प्रयोग गरिएको उत्पादनहरुको प्रयोग आदिले गर्दा पनि कपाल बिग्रिने हुन्छ । तपाईंले निम्न घरेलु उपायहरु अपनाई आफ्नो कपाललाई स्वस्थ र चम्किलो बनाउन सक्नुहुन्छ ।

१) तातो तेलले मालिश गर्नु

तातो तेललाई टाउकोमा मालिश गर्नाले आराम मिल्नुको साथै कपालको जरा पनि बलियो हुन्छ । जैतूनको तेल, नरिवलको तेल र बदामको तेललाई मिसाई तताउनुहोस् । त्यसपछि नुहाएको आधा घण्टापछि यस मिश्रित तेलले टाउकोमा मालिश गर्नुहोस् ।

२ ) मेथी र अण्डाको पेस्ट

मेथीले चाँया हटाई कपाललाई चम्किलो र चिल्लो बनाउँछ भने , अण्डाले कपालको गुणस्तरमा सुधार ल्याउँछ । सबैभन्दा पहिला एक मुट्ठी मेथीलाई पानीमा भिजाएर राख्नुहोस् । बिहान यसलाई मिक्सरमा हालेर पिस्नुहोस् । त्यसपछि अण्डाको सेतो भागलाई हाल्नुहोस् । यस मिश्रणलाई राम्ररी चलाउनुहोस् । यसले टाउकोमा मालिश गर्नुहोस् । र आधा घण्टापछि मन्तातो पानीले पखाल्नुहोस् । तपाईंले यस प्रक्रियालाई नियमित रुपमा गर्नुभएमा तपाईंको कपाल निकै आर्कषक देखिन्छ ।

३) मेहेन्दी र अण्डाको प्याक

मेहेन्दीको प्रयोग कपालको लागि धेरै राम्रो हुन्छ । यसले कपाललाई बलियो बनाउनुको साथै प्राकृतिक रुपमा कपाललाई रंगाउने काम गर्छ । थोरै मेहेन्दी , अण्डा , दहि , र मेथीलाई मिसाई प्याक बनाउनुहोस् । त्यसपछि यस मिश्रणलाई कपालमा लगाउनुहोस् । यसबाट कपाल शिल्की र चम्किलो बन्छ ।

४) नरिवलको तेल र दहीको प्याक

नरिवलको तेलको प्रयोग छाला र कपाल दुबैको लागि गर्न सकिन्छ । नरिवलको तेलसँग दहिलाई मिसाउनुभई कपालमा लगाउनुहोस् । र केहि समयपछि मन्तातो पानीले पखाल्नुहोस् ।

५) अण्डाको सेतो भाग

अण्डाको सेतो भागको प्रयोग कपाललाई चम्किलो बनाउने निकै नै राम्रो उपाय हो । अण्डाको सेतो भागलाई एउटा भाँडोमा हाली जैतूनको तेललाई मिसाउनुहोस् । यसले कपालमा मालिश गर्नुहोस् । केही समय त्यसै छोडी पखाल्नुहोस् । नियमित रुपमा यसको प्रयोग गर्नाले तपाईंको कपाल निकै नै आर्कषक बन्छ ।

प्रकाशित : बुधबार, जेठ ०३, २०७४१४:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाखुरालाई स्लिम र फिट बनाउन चाहनुहुन्छ भने यसो गर्नुस (भिडियो)