यस्ता गम्भिर कारणहरुले गर्दा राति स्मार्टफोन चलाउनु स्वास्थ्यको लागि निकै नै खतरनाक

एजेन्सी – धेरैजसो मानिसहरु राति सुत्नुभन्दा अगाडि लामो समयसम्म मोबाईल चलाउने गर्छन् । यो बानी हाम्रो लागि निकै नै घातक छ भनी थाहा हुँदाहुदै पनि यसलाई बेवास्ता गर्ने मानिसहरु धेरै छन् ।

स्मार्टफोनले निकाल्ने निलो किरणहरु हाम्रो स्वास्थ्यको लागि निकै नै हानिकारक छ । रातिको समय स्मार्टफोनको बढि समयसम्म प्रयोग गर्नाले हुने बेफाईदाहरु यस्ता छन् ।

१) आँखामा नराम्रो असर पुग्नु 

स्मार्टफोनबाट निस्किने नीलो किरणले आँखाको रेटिनालाई नराम्रो असर गर्छ । यसै कारणले गर्दा आजभोली धेरै मानिसहरुको आँखामा कम उमेरमै समस्या आउन थालेको छ ।

२) निन्द्रा कम लाग्नु

स्मार्टफोनबाट निस्किने नीलो किरणले मेलाटोनिन हर्मोनको उत्पादनमा हानी पुर्याउँछ । यस हर्मोनको काम निन्द्रा चक्रलाई नियमित गर्नु हो । हाम्रो निन्द्रा चक्र नियमित रुपमा हुन नसकेमा निन्द्रा कम लाग्ने हुन्छ । जस्ले गर्दा विभिन्न किसीमका समस्याहरु जस्तै छाला चाउरी पर्नु , डिप्रेशन , स्मरण शक्तिको कमी , मुटुसम्बन्धी रोगहरु , तौल बढ्नु आदि देखापर्छन् ।

३) क्यान्सरको जोखिम बढि हुनु 

राति धेरै समयसम्म स्मार्टफोन चलाउने बानीले निन्द्रा कम लाग्ने हुन्छ । यसले गर्दा प्रोस्टेट क्यान्सर र स्तन क्यान्सर हुने सम्भावना बढि हुन्छ । स्मार्टफोनको नीलो किरणले मेलाटोनिनको उत्पादनमा कमी ल्याउँछ । मेलाटोनिनमा एन्टिअक्सिडेन्ट गुण हुन्छ , जस्ले क्यान्सरसँग लड्नमा मद्धत पुर्याउँछ । धेरै समयसम्म स्मार्टफोन चलाउनाले मेलाटोनिन हर्मोनको उत्पादनमा कमी आउँछ । जस्ले गर्दा विभिन्न किसीमका समस्याहरु आउने गर्छ ।

प्रकाशित : बुधबार, जेठ ०३, २०७४१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ सजिलो घरेलु उपायमध्ये कुनै एकलाई अपनाई कपाललाई शिल्की र आर्कषक बनाउनुहोस्