टाउको दुखाईबाट छिट्टै आराम पाउनको लागि यसो गर्नुस् , निकै सरल घरेलु उपायहरु

एजेन्सी – गर्मी मौसममा टाउको दुख्ने समस्या प्राय सबैलाई हुन्छ । टन्टलापुर घाम , धुलोधुँवा र थकाईको कारणले गर्दा यस्तो किसीमको समस्या हुने गर्छ । आज हामी तपाईंलाई टाउको दुखाईबाट छिट्टै आराम मिल्ने घरेलु उपायहरुको बारेमा जानकारी दिन्छौं ।

१) टाउको दुख्ने समस्याको लागि दालचिनीको प्रयोग निकै नै लाभदायक छ । दालचीनीलाई पिसेर धुलो बनाई पानीमा मिसाउनुहोस् । र यसलाई टाउको दुखेको ठाउँमा केही समय लगाउनाले आराम मिल्छ ।

२) अदुवालाई पानीमा उमालेर पिउनुहोस् । यसबाट पनि टाउको दुख्ने समस्यालाई हटाउनमा मद्धत पुग्दछ ।

३) ल्वाङको प्रयोग टाउको दुखाई समस्याको लागि निकै नै लाभदायक छ । केही ल्वाङको टुक्रालाई सफा कपडामा बाँधेर केही क्षणसम्म सुँघ्नाले पनि टाउको दुखाईको समस्या निको हुन्छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०२, २०७४१३:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता गम्भिर कारणहरुले गर्दा राति स्मार्टफोन चलाउनु स्वास्थ्यको लागि निकै नै खतरनाक