४ यस्ता सरल तरिका, बिना मेकअप घरमै पाउनुस् निकै सुन्दर र चम्किलो अनुहार

एजेन्सी – सुन्दर , आर्कषक र चम्किलो अनुहार पाउने चाहना सबैको हुन्छ । तर छालाको विभिन्न किसीम र रङ्गले गर्दा छाला सफा र सुन्दर देखिदैंन । सुख्खा (ड्राई) किसीमको छालामा चिलाउने समस्या हुन्छ , भने चिल्लो छालामा पिम्पल र विभिन्न दागहरु आउनाले समस्या हुने गर्छ ।

छालाको किसीम सुख्खा वा चिल्लो जस्तो भएपनि छालासम्बन्धि विभिन्न समस्याहरु हामीले भोगिरहेका हुन्छौं । छालासम्बन्धि विभिन्न समस्याबाट छुट्कारा पाउनको लागि छालाको हेरविचार गर्नु निकै नै जरुरी छ । यसको लागि तपाईंले अपनाउनुपर्ने केही कुराहरु निम्नानुसार छन् ।

१) पोषिलो खाद्यपदार्थको सेवन: तपाईंले जुन खाद्यपदार्थको सेवन गर्नुहुन्छ, त्यसको असर हाम्रो छालामा पनि पर्ने हुन्छ । सहि मात्रामा पोषिलो खाद्यपदार्थको सेवनले छालासम्बन्धि विभिन्न समस्याहरुलाई हटाउनमा मद्धत गर्छ । छालालाई चम्किलो बनाउनको लागि तपाईंले केही यस्ता खाद्यपदार्थहरु जस्तै माछा , मासु , फलफूल , गोलभेडा आदिको सेवन गर्नुपर्ने हुन्छ ।

२) प्रयाप्त मात्रामा पानी पिउनु: पानीले छालाको अनावश्यक विषादि र फोहोरलाई बाहिर निकाल्छ । यसका साथै यसले छालालाई सुख्खा हुन दिदैंन । छालालाई चम्किलो बनाउनको लागि तपाईंले हरेक दिन २ लिटर पानी पिउन जरुरी छ ।

३) मुख धुनु्: हरेक दिन दुईपटक मुख धुनुहोस् । यसको साथै अनुहारमा मोइस्चराईजरको प्रयोग पनि गर्नुहोस् । धेरै मुख धुने बानीले अनुहारलाई सुख्खा बनाउँछ । मुखलाई तातो पानीले धुनाले छालाको स–साना छिद्रहरु खुल्छ , जस्ले गर्दा विभिन्न किसीमका जिवाणुहरु र फोहोर भित्र पस्ने सम्भावना हुन्छ । त्यसैले सधैं चिसो पानीले मुख धुनुहोस् ।

४) सुत्नुभन्दा अगाडि मेकअपलाई राम्ररी पुछ्नुहोस्: मेकअपका सामाग्रीहरुमा विभिन्न किसीमका रसायनहरु प्रयोग गरिएको हुन्छ । जस्ले हाम्रो छालामा नराम्रो असर गर्छ । त्यसैले सधैं अनुहारको मेकअप पुछेर सफा गरेर मात्र सुत्ने बानी गर्नुहोस् ।

प्रकाशित : आइतबार, बैशाख २४, २०७४१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहार अनुसार हेयर स्टाईल कस्तो हुनुपर्छ ? जान्नुहोस्