९० % सम्म चश्मै लगाउन नपर्ने गरी आँखाको ज्योति बढाउने ८ प्राकृतिक घरेलु उपायहरु…

एजेन्सी – लगातार धेरै घण्टासम्म काम गर्नु , निन्द्रा पुरै नलाग्नु , मोबाईल–कम्प्यूटर हेरिरहनु आदि विभिन्न कारणहरुले गर्दा कम उमेरमै चश्मा लगाउनुपर्ने बाध्यता आउने गर्छ । तर आयुर्वेदमा यस्ता धेरै उपायहरु छन्, जस्ले आँखाको ज्योती बढाई चश्माको नम्बर कम गर्छ ।

१) अमला: दिनमा दुईपटक अमला खाने बानीले आँखाको ज्योती बढाउनमा मद्धत पुग्छ ।

२) ग्रीन टि: प्रतिदिन दिनमा २–३ कप ग्रीन टि पिउनाले यसमा भएको एन्टिअक्सिडेन्ट गुणले आँखालाई स्वस्थ बनाउँछ ।

३) सौंफ: एक चम्चा सौंफ , दुईवटा बदाम र आधा चम्चा चीनी पिसेर यस मिश्रणलाई हरेक राति सुत्नुभन्दा अगाडि १ गिलास दुधसँगै खानुहोस् ।

४) जीरा: जीरा र चीनीलाई बराबर मात्रामा पिसेर यसलाई दिनहुँ एक चम्चा घिउसँग खानुहोस् ।

५) अलैंची: ३–४ वटा अलैंचीलाई १ चम्चा सौंफसँग पिस्नुहोस् । दिनहुँ एक गिलास दुधसँग यसलाई खानुहोस् ।

६) हाडे बदाम: हरेक राति ६७ वटा बदामलाई पानीमा भिजाएर राख्नुहोस् । र यसलाई बिहान खानुहोस् ।

७) तोरीको तेल: हरेक राति पैतालामा तेल मालिश गरेर सुत्नुहोस् ।

८) घिउ: दिनहुँ  घिउलाई कन्चट (कानपटि) मा ५–१० मिनेट मालिश गर्नाले आँखाको ज्योती बढ्छ ।

 

प्रकाशित : आइतबार, बैशाख २४, २०७४११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ यस्ता सरल तरिका, बिना मेकअप घरमै पाउनुस् निकै सुन्दर र चम्किलो अनुहार