आँखाको तल देखिने डार्क सर्कलको कारणले तनाबमा हुनुहुन्छ भने , यसो गर्नुस्

एजेन्सी – आँखाको तल देखिने कालो घेरा नै डार्क सर्कल हो । यसलाई हटाउनको लागि तपाईंले आफ्नै घरमा भएको घ्युकुमारीको प्रयोग गर्न सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु

घ्युकुमारीको रस
गुलाबजल

बनाउने तथा प्रयोग गर्ने विधि

एउटा कचौरामा घ्युकुमारीको रसलाई हाली १ वटा भिटामिन ई क्याप्सुल र थोरै गुलाबजललाई मिसाउनुहोस् । यस मिश्रणलाई राम्ररी चलाउनुभई फ्रिजमा हाल्नुहोस् । आँखा हाम्रो शरीरको धेरै नै संवेदनशील अङ्ग भएकोले यसलाई बिस्तारै लगाउनुपर्ने हुन्छ । राति सुत्नुभन्दा अगाडि आँखाको तल यस मिश्रणले मालिश गर्नुहोस् । र रातभरि त्यसै छोड्नुहोस् । यदि तपाईं यसको प्रयोग दिउँसोको समयमा गर्न चाहनुहुन्छ भने , यसलाई आखाँको तल लगाउनुहोस् र १५ मिनेटसम्म त्यसै छोड्नुभई मुख धुनुहोस् ।

प्रकाशित : शनिबार, बैशाख २३, २०७४१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ दिनमै ५ किलो तौल घटाउनुहोस्, बाबा रामदेवको यस उपाएबाट (भिडियो)