काँचो मेवाको प्रयोगले बाथ रोगबाट सजिलै छुटकारा मिल्ने , यस्तो छ बिधि

एजेन्सी – खुट्टाको औंला , घुँडा र कुर्कुच्चामा दुखाईको समस्या हुनुको कारण यूरिक एसिडको मात्रा बढ्नु हो । यूरिक एसिड क्रिस्टलको रुपमा हाम्रो हात र खुट्टाको जोर्नीमा जम्ने हुन्छ । यसैलाई बाथरोग भन्ने गरिन्छ । बाथको समस्यालाई बेवास्ता गरेमा हामीले पछि उठ्नबस्नमा समेत कठिनाईको समस्या भोग्नुपर्ने हुन्छ । आज हामी तपाईंलाई काँचो मेवा र पानीको प्रयोग गरी यस रोगबाट छुट्कारा पाउने विधिको बारेमा जानकारी दिन्छौं । यसको सेवनले तपाईंलाई बिस्तारै आराम मिल्ने हुन्छ ।

विधि

२ लिटर सफा पानीलाई उमाल्नुहोस् । एक मध्यम आकारको काँचो मेवालाई राम्ररी पखाल्नुहोस् । त्यसपछि मेवाको भित्रको बिउलाई निकाली मेवालाई स–सानो टुक्रामा काट्नुहोस् । यस मेवाको टुक्रालाई उम्लेको पानीमा हाली ५ मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसमा २ चम्चा ग्रीन टीको पातलाई हाल्नुभई केही समयसम्मको लागि उमाल्नुहोस् । यस पानीलाई छानेर पिउनुहोस् ।

 

प्रकाशित : शनिबार, बैशाख १६, २०७४१६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झिंगा र लामखुट्टेबाट हैरान हुनुहुन्छ, यस्तो छ बिषादी बिनै भगाउने सबैभन्दा राम्रो उपाय