एजेन्सी – गर्मी मौसममा लामखुट्टेले दुख्ख दिनु सामान्य कुरा हो । राति झिंगा र लामखुट्टेको कारण सुत्नको लागि के तपाईंलाई धेरै नै समस्या भईरहेको छ ? चिन्ता नलिनुहोस् , आज हामी तपाईंलाई झिंगा र लामखुट्टेलाई भगाउने निकै नै सजिलो घरेलु उपायको बारेमा जानकारी दिन्छौं ।
विधि: एउटा कागतीलाई आधा हुनेगरी काट्नुहोस् । अलग–अलग आधा कागतीको टुक्रामा १०–१५ ल्वाङ्गलाई घुसाउनुहोस् । र यसलाई आफूसँगै राख्नुहोस् । यसको गन्धले झिंगा र लामखुट्टे टाढा भाग्छ ।