यसरी तेजपत्ताको पातलाई डढाएर प्रयोग गर्दा, यस्ता गम्भिर रोगहरु पनि आश्चर्यजनक रुपमा निको हुने !

एजेन्सी – तेजपात मधुमेह , अल्जाइमर , बाझोपन , गर्भपात , जोर्नीको दुखाइ , दाँतको सफाई , रुघाखोकी जस्ता विभिन्न रोगहरुबाट बच्नको लागि उपयोगी छ । तेजपातलाई मसलाको रुपमा पनि प्रयोग गरिन्छ । तेजपातमा दुखाई कम गर्ने र एन्टि अक्सिडेन्ट गुण हुन्छ । आर्युवेदमा विभिन्न गम्भिर रोगहरुमा यसको प्रयोग गरिन्छ ।

मधुमेहमा तेजपातको प्रयोग

१) तेजपातलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । यसलाई एक चम्चा पानीसँग दिनमा तीनपटक प्रयोग गर्नाले मधुमेहबाट छुुट्कारा पाउन सकिन्छ ।

२) राति एउटा शिशाको गिलासमा पानीमा एक चम्चा तेजपातको धुलोलाई हालेर राम्ररी मिसाएर छोपेर राख्नुहोस् । बिहान त्यस गिलासको पानीमा तरलपदार्थ जमेको हुन्छ । यसलाई हटाएर पानीलाई छानेर पिउनुहोस् । यसपछि आधा घण्टासम्म केही पनि नखानुहोस् । राति सुत्नुभन्दा अगाडि आधा चम्चा बेसारलाई एक कप पानीमा घोलेर पिउनुहोस् । यसपछि चिसो पानी वा दुधको सेवन भने नगर्नुहोस् ।  नियमित सेवनले मधुमेह नियन्त्रणमा रहन्छ ।

अल्जाईमरको लागि उपयोगी

तेजपातलाई नियमित रुपमा खानाले स्मरणशक्ति बढ्नुको साथै अल्जाईमर रोगबाट बच्न सकिन्छ ।

बाँझोपन , गर्भपातबाट छुट्कारा

तेजपातको धुलोलाई पानीमा मिसाएर नियमित रुपमा प्रयोग गर्नाले बाँझोपन , गर्भपात जस्ता समस्याबाट छुट्कारा मिल्छ ।

खोकी लाग्नु

तेजपातले खोकीलाई निको पार्ने काम गर्छ । चौथाई चम्चा तेजपातको धुलोलाई तातोपानीमा हालेर दिनमा ३ पटक प्रयोग गर्नाले खोकी निको हुन्छ ।

जोर्नीको दुखाई

४ वटा तेजपातलाई एक गिलास पानीमा उमाल्नुहोस् । उमालेको पानी आधा भईसकेपछि छानेर तीनपटकसम्म पिउनुहोस् । यसबाट पिशाब धेरै हुन्छ । यसका साथै यसको सेवनले पसिना धेरै आउने हुनाले ज्वरो कम हुने हुन्छ । यसले जोर्नी वा शरीरको दुखाईलाई पनि कम गर्छ ।

रक्तस्राव

मुख , नाक आदि कुनैपनि ठाउँबाट रगत निस्किने समस्या भएमा एक गिलास चिसो पानीमा १ चम्चा पिसेको तेजपातलार्ई मिसाएर हरेक ३ घण्टामा पिउनाले रक्तस्राव बन्द हुन्छ ।

दाँतको सफाई

सुख्खा तेजपातलाई पिसेर नियमित रुपमा दाँत माझ्नुहोस् । यसले दाँतलाई सेतो र चम्किलो बनाउँछ ।

चीसो लाग्नु

चीसोको कारणले गर्दा शरीर दुख्ने , टाउको दुख्ने , नाकबाट पानी बग्ने , घाँटी सुक्ने आदि समस्या भएमा १ वटा तेजपातलाई २ कप पानी , दुध , चीनीमा मिसाएर चीया जस्तै उमालेर पिउनुहोस् । यसलाई छानेर दिनमा ३ पटक पिउनाले चीसो लाग्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला ।  स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

प्रकाशित : शनिबार, बैशाख १६, २०७४१३:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काँचो मेवाको प्रयोगले बाथ रोगबाट सजिलै छुटकारा मिल्ने , यस्तो छ बिधि