११ प्रकारका सरल घरेलु उपायहरु जसले अनुहारलाई २ दिनमै गोरो र चम्किलो बनाउँछ

एजेन्सी – गोरोपनमा कमी आउनुका विभिन्न कारणहरु हुन सक्छन् । जस्तै घाम , प्रदुषण , अनुहारमा आउने दागधब्बा आदि । बजारमा पाईने सौन्दर्य प्रशाधनका सामाग्रीहरु संवेदनशील छालाको लागि निकै नै हानिकारक छ । त्यसैले तपाईंले छालामा प्राकृतिक बस्तुको प्रयोग गर्नु नै राम्रो हुन्छ । यसबाट छालामा कुनै प्रकारको हानी हुदैंन । यसको लागि  तपाईंले विभिन्न किसीमका घरेलु प्राकृतिक उपायलाई अपनाउन सक्नुहुन्छ ।

१) बेकिंग सोडा

बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । यसलाई अनुहारमा १५ मिनेटको लागि लगाउनुहोस् । यसलाई अनुहारमा लगाईसकेपछि फेशवासले मुख धुनुहोस् ।

२) दुध र केरा

पाकेको केरालाई थोरै दुधमा मिसाएर पेस्ट बनाएर अनुहारमा लगाउनुहोस् । २० मिनेटपछि मुख धुनुहोस् । यसले तपाईंको अनुहारमा चमक ल्याउँछ ।

३) गुलाबजल

गुलाबजललाई दुधसँग मिसाएर लगाउनुहोस् । यसलाई राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले अनुहारलाई चम्किलो बनाउँछ ।

४) घ्युकुमारीको रस

घ्युकुमारीको रसले तपाईंको अनुहारको छालालाई गोरो , सफा र नरम बनाउँछ । यसलाई अनुहार र घाँटीमा ३० मिनेटसम्मको लागि लगाउनुहोस् ।

५) सूर्यमुखीको बीउ

थोरै सूर्यमुखीको बिउलाई रातभरि दुधमा भिजाएर राख्नुहोस् । त्यसपछि विहान यसमा बेसार र थोरै केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यसलाई १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् । यसपछि मुख धुनुहोस् । केहि दिनमै तपाईंको अनुहार गोरो बन्नेछ ।

६) आँपको बोक्रा

आँपको बोक्रालाई दुधसँग मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई अनुहार र घाँटीमा १५ मिनेटसम्म लगाईसकेपछि पानीले मुख धुनुहोस् । यसबाट अनुहारको दागधब्बा हटेर अनुहार गोरो बन्छ ।

७) मह

केही थोपा कागतीको रस र दहिलाई महसँग मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटसम्म लगाई राम्ररी मुख धुनुहोस । यसले अनुहार गोरो बन्नुको साथै सफा देखिन्छ ।

८) चीनीले बेस्सरी घोटेर सफा गर्ने

चीनीलाई कागतीको रससँग मिसाउनुहोस् । र यसलाई हातले बिस्तारै अनुहारमा दल्नुहोस् । यसबाट मरेको छाला हट्छ  । र अनुहारको छाला एकदम राम्रो र सफा देखिन्छ ।

९) नरिवलको पानी

दिनमा दुईपटक अनुहारमा नरिवलको पानीले सफा गर्नुहोस् । यसबाट अनुहारको दागधब्बा हट्नुको साथै अनुहार गोरो हुन्छ ।

१० ) पानी धेरै पिउनु

पानीले शरीरको फोहोर बाहिर निकाल्छ । र अनुहारलाई कस्सिलो बनाई चाउरीपनलाई मेटाउँछ । यसले अनुहारलाई सफा र सुन्दर बनाउँछ ।

११) राम्रो निन्द्रा आउनु

हरेक दिन तपाईं ८ घण्टासम्म सुत्न जरुरी छ । यसले आँखाको तल बस्ने डार्क सर्कललाई हटाउँछ । यसका साथै यसले प्राकृतिक रुपमा अनुहारलाई गोरो र चम्किलो बनाउँछ ।

प्रकाशित : शनिबार, बैशाख १६, २०७४१२:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी तेजपत्ताको पातलाई डढाएर प्रयोग गर्दा, यस्ता गम्भिर रोगहरु पनि आश्चर्यजनक रुपमा निको हुने !