टन्सिलको दुखाईले के थुक निल्न पनि गाह्रो भएर पिडामा हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो घरेलु विधि

एजेन्सी – टन्सिलको समस्या जुनसुकै उमेर वा समयमा हुनसक्छ । टन्सिलको कारणले हामीलाई घाँटीमा निकै नै दुखाईको महशुश हुने हुन्छ ।

टन्सिलको प्रकार

टन्सिल २ प्रकारको हुन्छ ।

१) पहिलो प्रकारमा दुबैतर्फ वा एकतर्फ टन्सिलमा सुनिने समस्या आउने गर्छ । र त्यो सुपारीको जस्तै मोटो हुन्छ । यसले खानाको नलीमा पनि संक्रमण गर्ने हुनाले खानपिनमा पनि कठिनाई हुने हुन्छ । यसको दुखाई कानसम्म पनि फैलिन्छ । यस अवस्थामा १०३ डिग्री सेल्सियस भन्दा बढि ज्वरो आउने हुन्छ । टन्सिल हुँदा मुखलाई खोल्न समेत गाह्रो हुने हुन्छ । यसलाई समयमा उपचार गर्न नसकेमा टन्सिल पाकेर फुट्ने सम्भावना हुन्छ ।

२) दोस्रो प्रकारमा टन्सिल चिरकालीन हुन्छ । जस्को कारणले गर्दा बारम्बार टन्सिल हुने हुन्छ । टन्सिलको आकार ठूलो हुन्छ । जस्ले गर्दा श्वासप्रश्वासमा कठिनाई हुन्छ ।

टन्सिल हुनुको मूख्य कारणहरु

१) चामल , मैदा , चिसो पेयपदार्थ , अमिलो चीज धेरै सेवन गर्नु टन्सिलको मूख्य कारण हो ।
२) मौसममा अचानक परिवर्तन आउनाले पनि टन्सिल हुनसक्छ ।

 टन्सिलका लक्षणहरु

१) चिसो लाग्नुको साथै ज्वरो आउँछ ।
२) खानपिनमा गाह्रो हुनुको साथै स्वाद थाहा पाउन नसकिने हुन्छ ।
३) घाँटी बेस्सरी दुख्छ । थुक निल्नमा समेत गाह्रो हुन्छ ।

टन्सिलको घरेलु उपचार

१) यदि तपाईंलाई टन्सिल भएको छ भने , तातोपानीमा नुन हालेर कुल्ला गर्नाले आराम मिल्छ । यसले सुनिने    समस्याबाट पनि आराम दिलाउँछ ।
२) थोरै दालचिनीको धुलोलाई महमा मिसाएर दिनमा नियमित रुपमा ३ पटक सेवन गर्नाले आराम मिल्छ ।
३) थोरै बेसारको धुलो , थोरै मरिचको धुलोलाई १ चम्चा अदुवाको रसमा मिसाएर तताउनुहोस् । राति सुत्ने समयमा महमा मिसाएर यसको प्रयोग गर्नुहोस् । २–३ दिनसम्म नियमित प्रयोग गर्नाले सुनिने समस्या निको हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

टन्सिल भएको समयमा नुन नभएको उमालेको सागपात खानु राम्रो हुन्छ । मसालादार , तेल , अमिलो वा चिसो पेयपदार्थको सेवनमा रोक लगाउनुपर्ने हुन्छ ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०७४१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहानको खाजामा यी कुरा खानुहोस्, अनि यसरी ह्वात्तै घटाउनुहोस् तौल, यस्तो छ अनौठो तरिका!