बिहानको खाजामा यी कुरा खानुहोस्, अनि यसरी ह्वात्तै घटाउनुहोस् तौल, यस्तो छ अनौठो तरिका!

एजेन्सी – बिहानको नाश्ता हाम्रो स्वास्थ्यको लागि निकै नै महत्वपूर्ण छ । बिहानको खाजाले हाम्रो दिनभरको गतिविधिलाई असर गर्ने हुन्छ । आजभोली युवाहरुको आधुनिक जीवनशैली निकै नै परिवर्तन भईसकेको छ । उनीहरु रातभरि काम गर्छन् वा रातभर पार्टि मनाउने गर्छन् । यसका साथै राति राति टिभीमा रोचक कार्यक्रमहरु हेर्ने गर्छन् । यसले गर्दा युवाहरुको खानपीनमा निकै नै नराम्रो असर पर्न जान्छ ।

धेरैजसो बच्चाहरु बिहान ढिलो उठ्ने कारणले गर्दा बिहानको खाजा खान भ्याउँदैनन् । यसै कारणले गर्दा बिहानको खाजा नखाने गर्छन् । कोही कोही मानिसहरु तौल घटाउनको लागि खाजा नखाने पनि हुन्छन् । यसो गर्नाले तौल घट्ने नभई स्वास्थ्यमा झन नराम्रो असर पर्ने हुन्छ । आज हामी तपाईंलाई बिहानको खाजा खाई तौल घटाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंको नाश्ता भिटामिन , मिन्रल्स र प्रोटिनले भरिपूर्ण हुन जरुरी छ ।

आवश्यक सामाग्रीहरु…                                                                                                                २ चम्चा जौ
१ कप दहि
१ चम्चा कोको पाउडर
१ सानो चम्चा गहत
५ –७ वटा आलुबखडा

विधि: यसलाई तपाईंले राति तयार गर्नुपर्ने हुन्छ । आलुबखडालाई उम्लेको पानीमा १० मिनेटसम्म हालेर राख्नुहोस् । त्यसपछि अर्को भाँडोमा बाँकी सामाग्रीहरुलाई राम्ररी मिसाउनुहोस् । आलुबखडालाई स–सानोे टुक्रामा काटि ब्लेन्डरमा हाली पेस्ट बनाउनुहोस् । यस पेस्टलाई अरु सामाग्रीसँग मिसाउनुभई फ्रिजमा हाल्नुहोस् । र यसलाई बिहान खानुहोस् । यसबाट तपाईंले राम्रो परिणाम पाउनुहुनेछ ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०७४१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

११ प्रकारका सरल घरेलु उपायहरु जसले अनुहारलाई २ दिनमै गोरो र चम्किलो बनाउँछ