एजेन्सी – प्याजले खानाको स्वाद बढाउने मात्र नभई हाम्रो स्वास्थ्यमा निकै फाईदा पनि पुर्याउँछ । आज हामी तपाईंलाई यसकै बारेमा जानकारी दिन्छौं । प्याजलाई हातमा दल्नाले हुने फाइदाहरु निम्नानुसार छ ।
१) तपाईंलाई कुनै किराले टोकेको छ भने , टोकेको ठाउँमा प्याजलाई दल्नुहोस् । यसबाट तपाईंलाई आराम मिल्दछ ।
२) यदि हातमा जलन भईरहेको छ भनेपनि प्याजलाई हातमा दल्नुहोस् । यसबाट दुखाई कम हुन्छ ।
३) पैतालामा फोका उठेमा पनि तपाईंले प्याजलाई दल्न सक्नुहुन्छ ।
४) यदि तपाईं बिरामी हुनुहुन्छ भने, मोजामा प्याजको टुक्रा राखेर सुत्नुहोस् ।
५) वान्ता हुन लागेको छ भने , प्याजको जुस पिउनुहोस् । यसबाट राहत मिल्छ ।