यस्ता छन् केराको बोक्राका चामत्कारिक फाइदा, गाँठागुठ्ठि, डिप्रेशन देखि टाउको दुख्ने सम्म…

एजेन्सी – फलफूलमध्येमा केरा निकै नै लोकप्रिय छ । यो पोषक तत्वबाट भरिपूर्ण छ । केरा स्वास्थ्यको लागि निकै नै फाईदाजनक छ । बिहान एउटा मात्र केरा खानाले पनि दिनभर शरीर फुर्तिलो  हुन्छ । केरा शुगर र फाईबरको राम्रो स्रोत हो ।

प्राय सबैलाई स्वास्थ्यमा केराको प्रयोगले  हुने फाईदाहरुको बारेमा जानकारी छ । आज हामी तपाईंलाईं केराको नभई केराको बोक्राबाट हुने फाईदाहरुको बारेमा जानकारी दिन्छौं । यसको फाईदाबारे तपाईंले जान्नुभएपछि केराको बोक्रालाई कहिल्यैपनि फ्याँक्नुहुने छैन ।

गाँठोगुठ्ठिलाई हटाउनको लागि: केराको बोक्रालाई गाँठोगुठ्ठि हटाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । कालो रंगको केराको बोक्रालाई प्रभावित ठाउँमा टेपले बाँधेर सुत्नुभन्दा अगाडि राख्नुहोस् । यसलाई तपाईंले नियमित रुपमा ३ हप्तासम्म प्रयोग गर्नाले गाँठोगुठ्ठि हट्छ ।

डिप्रेशनको उपचार: केराको बोक्रामा ट्रिप्टोफन नामक केमिकल्स पाईन्छ । जस्ले हाम्रो सेरोटोनिन हर्मोनलार्ई सामान्य बनाईराख्छ । सेरोटोनिन हर्मोनले डिप्रेशनलाई हटाउनमा मद्धत गर्छ ।

टाउको दुख्ने समस्याबाट छुट्कारा दिलाउँछ: केराको बोक्रालाई पीसेर यसको पेस्ट १५ मिनेटसम्म टाउकोमा राख्नाले टाउको दुख्ने समस्या निको हुन्छ ।

 

प्रकाशित : बुधबार, बैशाख १३, २०७४१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् ४ तरिका जसबाट हुन्छन् एकै दिनमा गायब मुसा, उडुस, झिंगा र माउसुली घरभरीका