एक हप्तामै शारीरमा फुलेको नशाबाट छुट्कारा पाउनुस् सजिलै, घरमै पाइने गोलभेडाको प्रयोगबाट

एजेन्सी – नशा फुल्ने रोगलाई झन गम्भिर समस्याको रुपमा परिणत हुन नदिनको लागि तपाईंले यसको उपचार चाडैं गर्न जरुरी छ । आज हामी तपाईंलाई नशा फुल्ने समस्याबाट प्राकृतिक रुपमा छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंलाई हरियो र रातो गोलभेडाको आवश्यकता पर्छ । यो प्राचीन समयदेखि अहिलेसम्म चल्दै आईरहेको विधि हो ।

गोलभेडा: हाम्रो स्वास्थ्यको लागि गोलभेडा निकै नै फाईदाजनक छ । यसका साथै यसले नशा फुल्ने समस्याको पनि निराकरण गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडामा नशाको समस्यालाई निको पार्ने औषधिय गुण हुन्छ ।

हरियो गोलभेडाको प्रयोग गर्ने विधि: सबैभन्दा पहिला हरियो गोलभेडालाई राम्ररी पखाल्नुहोस् । पाकेको तर गोलभेडाको रंग हरियो भएको प्रयोग गर्नुहोस् । त्यसपछि यसलाई ०.५ सेन्टिमिटरमा काट्नुहोस् । गोलभेडाको टुक्रालाई नशा फुलेको ठाउँमा लगाउनुहोस् । गोलभेडा राखी पट्टिले बाँध्नुहोस् । त्यसपछि तपाईंलाई केही जलनको महशुश हुन्छ । एकछिनपछि पट्टिलाई निकाल्नुभई चिसो पानीले पखाल्नुहोस् । यस विधिलाई दिनमा पाँच पटकसम्म गर्नुहोस् । २ हप्तापछि तपाईंले यसको परिणामलाई देख्न सक्नुहुनेछ । यस विधिको प्रयोग गर्दा तपाईंलाई केही जलनको महशुश हुन्छ । तर बिस्तारै नशा फुलेको हराउँदै जान्छ ।

रातो गोलभेडाको प्रयोग गर्ने विधि: रातो गोलभेडाको प्रयोग गरी पनि फुलेको नशाको समस्यालाई हटाउन सकिन्छ । यसको प्रयोग तपाईंले रातभरि गर्न सक्नुहुन्छ । सुत्नुभन्दा अगाडि केही गोलभेडालाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि माथिको विधिअनुसार नै यसको प्रयोग गर्नुहोस् । गोलभेडाको प्रयोग ४ घण्टासम्म गर्नुहोस् । यसपछि नयाँ गोलभेडाको प्रयोग गर्नुहोस् । रातभरि नै यसको प्रयोग गर्नुहोस् । तपाईंले यस उपचारलाई अपनाउनु हुँदा सन्तुलित आहारको प्रयोग गर्न जरुरी छ ।

प्रकाशित : आइतबार, बैशाख १०, २०७४१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता अग्रिम ४ लक्षणहरु देखिएमा पाठेघर क्यान्सर हुने सम्भावना रहन्छ , महिलाहरुले जान्नैपर्ने !