के शारिरिक सम्पर्कपछि एलर्जी भएको महसुश हुन्छ ? किन हुन्छ यस्तो

एजेन्सी –  शारिरिक सम्पर्क अर्थात् (सेक्स) गरिसकेपछि यदि कुनै महिलाको योनी चिलाउने समस्या अर्थात् एलर्जी हुने समस्या पनि हुने गर्छ । हालै भएको एक अध्ययनका अनुसार सेक्स गरे पश्चात् महिलाको योनीमा हुने एलर्जी हुनुको मुख्य कारण पुरूषको सीमन अर्थात् विर्यका कारणले पनि हुन सक्ने देखाएको छ ।

यस्तो समस्या प्राय पहिलो पटक यौन सम्पर्क गर्ने महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । जसलाई सेमीनल प्लाज्मा हाइपरसेंसिविटी भनिन्छ । चिकित्सककाअनुसार योनीको लाज्मा हाइपरसेंसीटिविटी बदलिने गर्छ, जसले गर्दा सामान्य संक्रमण हुने गर्छ । यस्तो समस्या कसैलाई कम त कसैलाई बढी हुने गर्छ ।

यस्तो एलर्जीका कारण महिलाको योनी चिलाउने, पोल्ने, सुनिने, पिसाव गर्ने बेला दुख्ने जस्ता समस्या हुने गर्छन् । यसबाट बच्नको लागि कण्डमको प्रयोग गर्नुपर्छ । त्यस्तै, योनीलाई सफा राख्नु पर्छ । यदि समस्या बढ्दै गएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

कयौं महिलाहरुलाई कण्डम प्रयोग गरेर यौन सक्पर्क गर्दा पनि एलर्जी हुने समस्या हुन्छ । किनकी यसमा यसमा रबर हुन्छ ।

प्रकाशित : शुक्रबार, बैशाख ०८, २०७४१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बेसार र नरिवलको तेल प्रयोग गरी एकै रातमा पुरै दाग हटाई फेश सफा र सुन्दर बनाउने सरल बिधि