चुम्बनबाट पनि हुनसक्छ यस्ता गम्भिर रोगहरु , जान्नुहोस् !

एजेन्सी – हामीले आफूलाई मनपर्ने मानिसलाई चुम्बन गर्ने गर्छौ । चाहे त्यो आफ्नो पार्टनर होस् या सानो बच्चा । चुम्बनबाट हामीलाई एक किसीमको आनन्दको अनुभुती हुने गर्छ । के तपाईंलाई थाहा छ ? चुम्बनबाट हामीलाई विभिन्न किसीमका रोगहरु पनि लाग्न सक्छ । चुम्बनको कारणले हुने समस्याहरु निम्न छन् ।

रुघाखोकी वा चिसो लाग्नु

रुघाखोकी भाईरसको कारणले गर्दा लाग्छ । यस्तो भाईरस मानिसको र्याल वा खकारमा हुने गर्छ । किस गर्नाले भाईरस एक व्यक्तिबाट अर्कोमा सर्छ । त्यसैले तपाईंलाई रुघाखोकी लागेको समयमा अरुलाई किस नगर्नुहोस् । यो रोग अरुलाई पनि सर्न सक्छ ।

मुखमा फोका उठ्नु वा खटिरा आउनु
मुखमा फोका उठ्नु वा खटिरा आउनुको कारण हरपीस भाईरस हो । चुम्बनबाट यो भाईरस एक व्यक्तिबाट अर्कोमा सर्ने हुन्छ ।

मेनिन्जाईटिस

यो रोगले मस्तिष्क र मेरुदण्डमा संक्रमण गर्छ । त्यसैले यो एक गम्भीर रोग हो । यो रोग हावाको माध्यम वा किस गर्नाले सर्दछ । त्यसैले यो रोगबाट ग्रसित रोगीले चुम्बन गर्नुहुदैंन । यसबाट अरुलाई सर्ने निकै नै सम्भावना रहन्छ ।

घाँटिमा सँक्रमण

स्रेप्टोकोकस भन्ने किटाणुले गर्दा घाँटिमा पिडा हुने गर्छ । घाँटिसम्बन्धि समस्या भएमा सकेसम्म चुम्बन नगर्नुहोस् । किनकि चुम्बनले गर्दा यो भाईरस अरुमा सर्ने हुन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०५, २०७४१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमै सजिलै पाइने सामग्रीबाट हातलाई गोरो र नरम बनाउने बिधि (भिडियो)