चुकन्दरको प्रयोग शरीरको तौल घटाउन र आँखाको ज्योति बढाउन निकै नै उपयोगी यस्तो छ बिधि

एजेन्सी – स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । त्यसैले आफ्नो शरीरको हेरविचार गर्नू निकै नै जरुरी छ । मोटोपनले पनि स्वास्थ्यमा नराम्रो असर गर्छ । यसले विभिन्न किसीमका समस्यालाई निम्त्याउँछ । त्यसैले शरीरको तौललाई नियन्त्रण गर्नु निकै नै अत्यावश्यक कुरा हो ।

मोटोपन घटाउनको लागि तपाईंले बजारमा सजिलै पाईने सामाग्रीहरुको प्रयोग गर्न सक्नुहुन्छ । जसमध्येमा चुकन्दर पनि एक हो । चुकन्दरले मोटोपन घटाउने मात्र नभई स्वास्थ्यको लागि पनि निकै फाईदा पुर्याउँछ । चुकन्दरमा औषधिय गुण हुने भएकोले यसले रक्तअल्पताबाट बचाउनुको साथै आँखाको ज्योति बढाउनमा पनि मद्धत गर्छ । चुकन्दरको सलाद बनाई तपाईंले नियमित रुपमा पिउन सक्नुहुन्छ । यसलाई बनाउने विधि निम्नानुसार छ ।

आवश्यक सामाग्रीहरु

चुकन्दर ( २ – ३ वटा )
प्याज ( २ वटा )
जैतूनको तेल
भिनेगार
थोरै नुन

विधि
सबैभन्दा पहिला चुकन्दरलाई पखालेर सफा गर्नुहोस् । र यसलाई नरम नभएसम्म उमाल्नुहोस् । त्यसपछि स–सानो टुक्रामा काट्नुहोस् । र एउटा कचौरामा हाल्नुहोस् । प्याजलाई पनि यसै विधिलाई अपनाई चुकन्दरसँग मिसाउनुहोस् । त्यसपछि जैतूनको तेल , थोरै नुन र भिनेगारलाई मिसाउनुहोस् । यसपछि तपाईंको सलाद तयार हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नुहोस् । यसबाट तपाईंको तौल घट्नुको साथै स्वास्थ्य पनि निकै राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०५, २०७४१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुम्बनबाट पनि हुनसक्छ यस्ता गम्भिर रोगहरु , जान्नुहोस् !