यसरी ७ दिनमै बिना अपरेशन निको हुन्छ पत्थरी, ८ दिन गलेर बाहिर आउछ पत्थर !

एजेन्सी – आजभोली पत्थरको समस्या निकै नै गम्भिर बन्दै गईरहेको छ । यसबाट रोगीलाई धेरै नै पिडा र दुखाईको महशुश हुन्छ । पहिले यो रोग ३० देखि ६० वर्षसम्मका मानिसहरुमा पाईने गर्थ्यो । तर अहिले कम उमेरका मानिसहरुलाई पनि पत्थरसम्बन्धि समस्या हुन थालेको छ ।

पत्थरलाई हटाउने विभिन्न्न किसीमका आयुर्वेदिक उपायहरु छन् । जसमध्येमा सबैभन्दा राम्रो उपाय गहतको दालको प्रयोग हो । पत्थरसम्बन्धि समस्यालाई हटाउनको लागि गहतले निकै नै राम्रो औषधिको रुपमा काम गर्छ ।

गहत: गहतमा भिटामिन ए प्रशस्त मात्रामा पाईन्छ । जस्ले पत्थरलाई पगाल्नमा मद्धत गर्दछ । मृगौला र पित्त थैलीको पत्थरलाई हटाउनमा यसको प्रयोग निकै नै फाईदाजनक छ ।

बनाउने विधि: २५० ग्राम गहत दाललाई राम्ररी पखाल्नुहोस् । राति ३ लीटर पानीमा भिजाएर राख्नुहोस् । बिहान यस दाललाई पानी सहित ४ घण्टासम्म पकाउनुहोस् । १ लिटर पानी बाँकी भएपछि ३० ग्राम घ्युलाई हाल्नुहोस् । त्यसपछि त्यसमा मरिच , सीधे नुन , जीरा र बेसारलाई हाल्नुहोस् ।

प्रयोग गर्ने तरिका: दिउँसो खाजा खाने समयमा गहतको पानी पिउनुहोस् । यसलाई सुप बनाएर पनि पिउन सक्नुहुन्छ । १ देखि २ हप्तासम्म यसको नियमित प्रयोगले मूत्राशय र मृगौलाको पत्थर पग्लेर बाहिर निस्किन्छ । पेट दुख्ने समस्याबाट छुट्कारा पाउनको लागि पनि गहत दालको प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी मृृगौला सुनिने समस्याको समाधानको लागि यसको प्रयोग बढि मात्रामा गर्न सक्नुहुन्छ ।

पत्थर रोगलाई हटाउनको लागि प्रयोग गर्न सकिने अरु खाद्यपदार्थहरु

पत्थरसम्बन्धि रोगलाई हटाउनको लागि गहत दालको साथै खरबुजाको बीउ , मुला , अमला र जौ को पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै दिनहुँ ५ देखि ८ गिलास सफा पानी पिउनुहोस् ।

पत्थरको रोगीले खान नहुने खाद्यपदार्थहरु: रोगीले मेवा , चकलेट , मासु , चिया , गोलभेडा र चामलको सेवन गर्नुहुदैन ।

गहत पानी बनाउने तरिका: २५० ग्राम पानीमा २० ग्राम गहत दाललाई हाल्नुहोस् । र रातभर छोपेर राख्नुहोस् । विहान यस पानीलाई राम्ररी मिलाएर खाली पेटमा सेवन गर्नुहोस् ।

एकचोटि पत्थर रोग लागि सकेपछि फेरी हुने सम्भावना रहन्छ । त्यसैले पत्थरलाई निकालिसकेपछि पनि तपाईंले गहत दालको प्रयोग कहिलेकाहीं गर्न आवश्यक छ । गहत दालले पत्थरको औषधिको रुपमा काम गर्छ ।

नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु तथा अनलाइनबाट लिईएको हो । यसको सहि प्रयोगको लागि चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिन आवश्यक छ। यी बिषयवस्तुहरु जानकारीको लागी प्रस्तुत गरिएको हुँदा कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा विशेषज्ञको सल्लाह लिनुहोला । स्मरण रहोस् यी सम्पूर्ण टिप्सहरु प्राचिन र आयोर्वेदिक प्रणालीमा पूर्ण रुपले आधारित हुन् तर, यसको उचित र सहि प्रयोगको लागि सम्बन्धित चिकित्सक वा सम्बन्धित बिषय विशेषज्ञसंग परामर्श लिनु नै राम्रो हुन्छ ।

 

प्रकाशित : सोमबार, बैशाख ०४, २०७४१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुकन्दरको प्रयोग शरीरको तौल घटाउन र आँखाको ज्योति बढाउन निकै नै उपयोगी यस्तो छ बिधि