जमरा खाँदा यस्ता फाइदै फाइदा ! हाइट बढ्ने देखि तन्द्रुस्त सम्म…

एजेन्सी , जमरा भन्नाले दशैंमा टिकासंग लगाउने मात्र होइन । खानको लागि पनि प्रयोग गरिन्छ । जमरा स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । घटस्थापनाको दिन गहु ,धान जौ आदि मिसाएर जमरा राखिन्छ । तर धानको जमरा भन्दा जौ र गहु को जमरा स्वास्थ्यको लागि राम्रो मानिन्छ । घटस्थापनाको दिन जमरा घाम नलाग्ने ठाउमा राखिने भएकोले जमराको रंग पहेंलो हुन्छ । जमरामा सुर्यको प्रकाश नपर्ने हुदा क्लोरोफिल नामक तत्व हुदैन । जमरा अन्य खाना को परिकार बनाउन पनि प्रयोग गरिन्छ जस्तै आचार, सलाद ,तरकारी आदि ।

जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थको अध्ययन अनुसार जौका जमरा सेवनले शरीर बढ्ने, स्वस्थ रहने र तन्द्रुस्त राख्ने गर्दछ भन्ने पुष्टि भएको छ । क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाएका थिए । जमराले मानिसको शारीरलाई फुल्न ,सुजनबाट जोगाउनुको साथसाथै डिएनएको संरक्षण गर्ने गर्छ। डिएनएले गर्दा रक्ताकोसिका को आयु लामो र बुढौली पनि ढिलो हुने गर्छ । दाँत को बिरामीलाई मुख सुन्निने समस्या बाट छुटकारा दिन्छ । जौको जमराले छालासम्बन्धी रोग लाग्नबाट जोगाउछ ।जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।

जमरामा जुसमा हुने पौष्टिक तत्व हुने र तितो पनि नहुने भएकोले यसलाई जुसको रुपमा पनि प्रयोग गरिन्छ ,जमरामा सोडियम र अर्गानिक हुने हुनाले जलवियोजनको समस्या भएकालाई जमरा फाइदाजनक हुन्छ हेरक एक ग्राम जमरामा ७७५ मिलिग्राम अर्गानिक र सोडियम पाइन्छ । यसले क्याल्सियामलाई रगतसँग घुलाएर रक्त प्रवाह मा सहयोग गर्छ ,शरीरका जोर्नीमा जम्मा हुने क्याल्सियामपन घुलाई नसाहरु सन्तुलन राख्न सहयोग गर्छ ।

अमेरिकाको एक बिज्ञान प्रविधि अनुसन्धान सस्थाले गरेको अनुसन्धानअनुसार जमरामा भिटामिन ,खनिज ,क्लोरोफिल
पाइने अनुसन्धानबाट पत्ता लागेको छ । गाईको दुधमा भन्दा जमरामा ३० गुणा भिटामिन बि र पालुंगोमा भन्दा ३ दसमलब ३ गुणा भिटामिन पाइन्छ । यसैगरी ६ दसमलब ५ गुणा बढी क्यारोटिन ,५ गुणा बढी आइरन पाइन्छ । जमरामा दुधमा पाइने भन्दा ११ गुणा बढी क्याल्सियम र सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन पाइन्छ ।

गहुँका जमरा
जौको जमरामा जस्तो नभयपनि गहुको जमरामा भिटामिन ,खनिज ,एमिनोएसिड आदि पाइन्छ ,जसले शारीरमा विभिन्न किसिमको भिटामिन प्रदान गर्छ । गहुको जमराले कलेजोमा भएका विशाक्त पदार्थ हटाई ठुलो आन्द्रा सफा गरि शरीर फुर्तिलो र स्फुर्ती बढाउछ । रगत सफा राख्नुको साथै पाचन शक्ति पनि बलियो बनाउछ । गहुको जमराले क्यान्सरको उपचार लगायत यसमा भिटामिन, इन्जाइम,खनिज जस्ता महत्वपूर्ण तत्व हुन्छ । यसले रोगीको प्रतिरोधात्मक क्षमतामा पनि बृदि गर्छ । गहुको जमरामा मासुमा भन्दा बढी प्रोटिन हुनुका साथ साथै शरीरमा चोटपटक लाग्दा छिटो निको बनाउन गारो हुनाले मदुमहे रोगीलाई फाइदाजनक हुन्छ ।

प्रकाशित : आइतबार, बैशाख ०३, २०७४१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी ७ दिनमै बिना अपरेशन निको हुन्छ पत्थरी, ८ दिन गलेर बाहिर आउछ पत्थर !