पोर्न फिल्म हेर्दा सम्बन्ध बिच्छेद बढे, अध्ययनले भन्छ बुढाबुढीसँगै बसेर हेर्दा फाइदा पनि हुन्छ

एजेन्सी २ बैशाख – तपाई पोर्न फिल्म कत्तिको हेर्ने गर्नुभएको छ ? याद गर्नुस् तपाईको यो बानी वा लतले भबिस्यमा जटिल समस्या पनि आउन सक्छ । चिकित्सकहरुका अनुसार अत्याधिक मात्रामा पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यका लागि राम्रो मानिदैँन । तर हालै गरिएको एक अध्ययनले यसले सामाजिक सम्बन्धमा पनि गम्भिर असर पर्ने देखाएको छ । अमेरिकन सोसियोलोजिकल एसोसियसनले गरेको उक्त अध्ययन अनुसार विवाहितहरुले पोर्न फिल्म हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने गरेको छ ।


अमेरिकामा गत वर्ष गरिएको एक अत्तययनमा विवाहित व्यक्तिहरुले पोर्न हेर्न थालेपछिको वर्षहरुमा नहेर्नेको तुलनामा सम्बन्धविच्छेद हुने सम्भावना दोब्बर हुने देखाएको छ । तर अधिकारीहरुको अनुसार दम्पत्तीले साथमै बसेर पोर्न हेरेमा यसको नकारात्मक असर केही कम हुने जनाइएको छ ।
त्यस्तै पोर्न हेर्न छोड्दा महिलाहरुमा सम्बन्धविच्छेदको जोखिम घट्ने तर पुरुषमा नघट्ने अध्ययन रिपोर्टमा उल्लेख छ ।
सो अनुसन्धानका लेखकहरु वैवाहिक जीवन, पोर्नको आदतजस्ता विषयहरुमा सर्वेक्षणपश्चात यस्तो निष्कर्षमा पुगेको जनाइएको छ । सर्वेक्षेणमा २००६ देखि २०१४ सम्मका दुई हजारभन्दा बढी व्यक्तिको तथ्यांक प्रयोग गरिएको थियो ।
रिपोर्टको अङ्ग्रेजी संस्करण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : शनिबार, बैशाख ०२, २०७४१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जमरा खाँदा यस्ता फाइदै फाइदा ! हाइट बढ्ने देखि तन्द्रुस्त सम्म…