एजेन्सी – छालालाई हेरविचार गर्न निकै नै जरुरी छ । आजभोली धेरै नै केटिहरु छालाका विभिन्न समस्याहरु जस्तै : दाग , पिम्पल , सुख्खा छाला आदिबाट ग्रसित छन् । उनीहरु यसबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्छन् ।
तर आफूले सोचे जतिको परिणाम प्राप्त गर्न सक्दैनन् । त्यसैले मेकअप गरि लुकाउने कोशिश गर्छन् । आज हामी तपाईंलाई केही घरेलु उपायको बारेमा जानकारी दिन्छौं । जसको मद्धतले तपाईंले दाग हटाई आफ्नो छालालाई चम्किलो बनाउन सक्नुहुन्छ ।
घ्युकुमार घ्युकुमारीमा प्रशस्त मात्रामा भिटामिन पाईन्छ । जस्ले छालाको दाग हटाउनमा मद्धत गर्छ । यसको प्रयोग गर्न निकै नै सजिलो छ । र यसले कुनैपनि किसीमको हानी गर्दैन । ताजा घ्युकुमारीलाई स–सानो टुक्रामा काट्नुहोस् । यसको रसलाई छालामा लगाएर १० मिनेटसम्म मालिश गर्नुहोस् । त्यसपछि ३० मिनेटसम्म त्यसै राख्नुभई पखाल्नुहोस् । यसको प्रयोगले तपाईंको छाला पहिला भन्दा निकै नै आर्कषक देखिन्छ ।
नरिवलको तेल नरिवलको तेलमा एन्टि इन्फ्लामेटरी र एन्टि ब्याक्टिेरियल गुण पाईन्छ । सबैभन्दा पहिला आधा चम्चा नरिवलको तेललाई अनुहारमा सीधै लगाउनुहोस् । यसलाई केही घण्टा त्यसै छोड्नुहोस् । त्यसपछि यसलाई पानीले नभई प्राकृतिक क्लिनजर जैतूनको तेल वा दुधले सफा गर्नुहोस् ।
मेवा छालाको दागलाई हटाउनको लागि मेवाको प्रयोग पनि राम्रो उपाय हो । सबैभन्दा पहिला मेवालाई र्खुकाउनु भई पेस्ट बनाउनुहोस् । त्यसपछि यस पेस्टले छालामा राम्ररी मसाज गर्नुहोस् । ३०–४५ मिनेटसम्म त्यसै छोड्नुभई पखाल्नुहोस् । यसले तपाईंको अनुहारको दागलाई हटाई सफा र सुन्दर बनाउँछ । यसका साथै मेवासँग मह र दहिलाई मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ ।
आलु आलुलाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि आलुको टुक्राले अनुहारमा दल्नुहोस् । १५–२० मिनेटसम्म त्यसै छोड्नुहोस् । र मनतातो पानीले मुख धुनुहोस् ।
काँक्रो काँक्रोमा भिटामिन ए , भिटामिन सी र म्याग्नेसियम प्रशस्त मात्रामा पाईन्छ । काँक्रोलाई गोलाकार रुपमा काट्नुहोस् । त्यसपछि प्रभावित क्षेत्रमा लगाउनुहोस् । त्यसपछि ३० मिनेटसम्म त्यसै छोड्नुभई पखाल्नुहोस् ।
दहिको फेसप्याक सुन्तलाको जुसलाई दहिमा मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई १५–२० मिनेटसम्म त्यसै छोड्नुभई मन्तातो पानीले मुख धुनुहोस् । तपाईंको छाला सुख्खा किसीमको छ भने, यसमा महलाई पनि मिसाउन सक्नुहुन्छ । दहिमा ल्याक्टिक एसिड , सोडियम, जिंक र अरु मिन्रल्स पाईन्छ । जस्ले छालामा निकै नै फाईदा पुर्याउँछ ।