यसरी बनाउनुहोस् कालो अनुहारलाई गोरो एकचोटिको प्रयोगमै (बिधि सहित)

एजेन्सी – कालो अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु बजारमा पाईने विभिन्न किसीमका रसायन मिसाइएका सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्छन् । जस्ले गर्दा अनुहारको छालामा नराम्रो असर पर्न सक्ने सम्भावना रहन्छ । त्यसैले सकेसम्म प्राकृतिक उपायलाई नै अपनाउनुहोस् ।

आज हामी तपाईंलाई अनुहारलाई गोरो तथा आर्कषक बनाउने घरेलु प्राकृतिक उपायको बारेमा जानकारी दिन्छौं । यो विधि निकै नै सरल छ । यस विधिले छिट्टै नै तपाईंको अनुहारको छालालाई गोरो बनाउँछ । यसका साथै यस विधिको प्रयोगबाट अनुहार निकै नै आर्कषक र सुन्दर देखिन्छ ।

आवश्यक सामाग्रीहरु

१) २ चम्चा जौ
२) १ चम्चा दहि
३) २ चम्चा कागतीको रस
४) १ चम्चा जैतूनको तेल

बिधि

माथिका सबै सामाग्रीलाई बाक्लो मिश्रण नबनेसम्म मिसाउनुहोेस् । त्यसपछि यस मिश्रणलाई छालामा लगाउनुहोस् । केहीबेरसम्म छालालाई सुख्खा हुन दिनुहोस् । १५–३० मिनेटपछि चिसो पानीले मुख धुनुहोस् । अनुहारलाई धेरै सुख्खा हुन नदिनुहोस् । यसको लागि मोइस्चराईजरको प्रयोग गर्न सक्नुहुन्छ । पहिलो चोटिको प्रयोगमै तपाईंले यसबाट आश्चर्यचकित परिणाम पाउनुहुनेछ ।

प्रकाशित : बिहिबार, चैत ३१, २०७३१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी १ हप्तामै फुर्स्रो र कडा ओठलाई नरम, आकर्षक र गुलाबी बनाउनुस् (भिडियो)