यस्ता छन्, खुट्टा फुटेर चिरा पर्नुका ७ कारण, जुन कुरा जाने खुट्टा फुट्ने समस्याको तीन दिनमै छुट्टी

एजेन्सी – खुट्टा फुट्ने समस्याबाट धेरैजसो मानिस ग्रसित छन् । सुख्खा छाला फुटेर चिर्ने सम्भावना धेरै हुन्छ । यसो हुनुको कारण निकै गम्भिर छ ।

१) पानीको कमी : शरीरमा पानीको कमीले गर्दा पनि खुट्टा फुट्ने समस्या हुन्छ । सुख्खा छालामा पानीको कमीले गर्दा खुट्टा चिर्ने समस्या हुन्छ । यसका साथै यसले खुट्टामा मात्र नभई अनुहारमा पनि असर गर्छ । पानीको अभावले अनुहारको छाला पनि फुस्रो देखिन्छ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुहोस् ।

२) फंगल इन्फेक्शन: अचानक तपार्इंको खुट्टा फुट्न सुरु भएको छ भने, यसको कारण फंगल इन्फेक्शन हुन सक्छ । फंगल इन्फेक्शनको कारणले भएको हो भने , यसबाट छुट्कारा पाउन गाह्रो छ ।

२) पसिना र चिसोले गर्दा इन्फेक्शन: धेरै कसरत गर्नु भएको कारणले गर्दा तपाईंको खुट्टामा धेरै पसिना आएको छ भनेपनि इन्फेक्शन हुने सम्भावना हुन्छ । जस्ले गर्दा तपाईंको खुट्टा फुट्ने र चिर्ने हुन्छ । व्याक्टेरियाको कारणले गर्दा इन्फेक्शन हुने हुन्छ । यसबाट बच्नको लागि सकेसम्म छालालाई सफा र सुख्खा राख्नुहोस् ।

३) घामले डढ्नु: तपाईंले सधैं सनस्क्रिन क्रिमलाई आफ्नो अनुहार , हात, पाखुरा र पेटमा लगाउनुहुन्छ । तर आफ्नो पैतालामा लगाउन बिर्सनुहुन्छ । त्यसैले खुट्टाको पनि तपाईंले हेरबिचार गर्न निकै नै जरुरी छ । सूर्यमा भएका किरणले पनि तपाईंको छालामा नराम्रो असर गर्छ ।

४) छालारोग : छालारोगको कारणले गर्दा पनि छाला फुट्ने , रातो दाग आउने , चिल्लाउने , चिर्ने समस्या हुन्छ । छालासम्बन्धि रोग लाग्ने बितिक्कै विशेषज्ञकोमा गई जँचाउनुहोस् । छालासम्बन्धि रोगहरु लागिसकेपछि चाडैं निको हुदैंन । त्यसैले तपाईंले छालालाई हेरबिचार गर्न निकै नै जरुरी छ ।

५) खराब जुत्ता: नयाँ जुत्ताको प्रयोग गर्नुभएको छ भने यसलाई धेरैसमयसम्म नलगाउनुहोस् । नयाँ जुत्ताको प्रयोग सीधै गर्नाले यसबाट फोका उठ्ने वा खटिरा आउने समस्या हुन्छ । त्यसैले आफूलाई सजिलो महशुश हुने मात्र जुत्ता लगाउनुहोस् ।

प्रकाशित : बिहिबार, चैत ३१, २०७३१३:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी हटाउनुहोस् अनुहारको छालामा देखिने स-साना छिद्रहरु (भिडियो सहित)