पेट, छाला तथा आँखासम्बन्धि रोगको प्राकृतिक औषधी ‘हरियो खुर्सानी’, जानुस् यसका फाईदा…

एजेन्सी – खानाको स्वाद बढाउनको लागि प्रायजसो हरियो खुुर्सानीको प्रयोग गर्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ ? हरियो खुर्सानीको प्रयोग हाम्रो स्वास्थ्यको लागि निकै नै फाईदाजनक छ । यसका साथै यसले छालासम्बन्धि विभिन्न समस्याहरुलाई हटाउनमा पनि मद्धत गर्छ । हरियो खुसार्नीको प्रयोगबाट हुने फाईदाहरु निम्नानुसार छन् ।

१) रक्तचाप
रक्तचापलाई नियन्त्रण गर्नमा हरियो खुर्सानी निकै नै फाईदाजनक छ । मधुमेह भएको अवस्थामा पनि हरियो खुर्सानीमा रक्तचापलाई नियन्त्रण गर्नसक्ने गुण हुन्छ ।

२) अनुहारको दाग , खटिराबाट छुट्कारा
अनुहारको विभिन्न समस्याबाट धेरैजसो मानिसहरु चिन्तित अवस्थामा रहने गर्छन् । हरियो खुर्सानीको नियमित प्रयोगले तपाईंलाई यस समस्याबाट छुट्कारा पाउनको लागि फाईदा पुग्न सक्छ । हरियो खुर्सानी खानाले रगत सफा हुन्छ । र यसबाट दाग , खटिरा हटाउनमा मद्धत पुग्छ । जसबाट अनुहार सफा तथा आर्कषक देखिन्छ ।

३) जिवाणुको संक्रमणबाट बचाउँछ
हरियो खुर्सानीमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । जस्ले जिवाणुको संक्रमणबाट बचाउँछ । यसै कारणले गर्दा हरियो खुर्सानीले संक्रमणबाट हुने छालासम्बन्धि रोगबाट पनि छुट्कारा दिलाउँछ ।

४) अनुहारको चाउरीपनालाई रोक्छ
अनुहारमा बुढोपनको सङ्केत देखिएको कसैलाई पनि मनपर्दैन । खासगरी चाउरीपन यसको प्रमुख समस्या हो । हरियो खुर्सानीमा भिटामिन सी पाईनुको साथै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जस्ले अनुहारलाई चाउरी पर्नबाट रोक्छ ।

५) पाचन शक्तिमा सुधार ल्याउँछ
हरियो खुर्सानीको सेवनले शरीरको पाचन प्रणालीमा सुधार ल्याउँछ । यसमा फाईबर प्रचुर मात्रामा पाईने भएकोले यसको प्रयोगले कब्जीयतको समस्याबाट छुट्कारा दिलाउँछ ।

६) क्यान्सरबाट बचाउँछ
हरियो खुर्सानीमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । जस्ले शरीरको रोग प्रतिरोधात्मक समस्यालाई बढाउँछ । यसबाट क्यान्सरसँग लड्नमा मद्धत पुग्दछ । त्यसैले हरियो खुर्सानीलाई खानासँगै प्रयोग गर्नुहोस् ।

७) दमको रोगीलाई फाईदाजनक
१ चम्चा ताजा हरियो खुर्सानीको रसलाई महसँग मिसाएर खाली पेटमा १० दिनसम्म प्रयोग गर्नाले दमरोगीलाई आराम मिल्दछ ।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७३१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन्, खुट्टा फुटेर चिरा पर्नुका ७ कारण, जुन कुरा जाने खुट्टा फुट्ने समस्याको तीन दिनमै छुट्टी