यी हुन् प्रेमीले प्रेमिकाबाट चाहने ३ मुख्य कुराहरु…

एजेन्सी – प्रेमसम्बन्धमा बाँधिएपछि प्रेमी वा प्रेमिका दुबैले एकअर्काबाट केही कुराको आशा राखेका हुन्छन् । प्रायजसो पुरुषहरुले आफ्ना कुराहरु चाडैं खोल्दैनन् । तर आफ्नो प्रेमिकाबाट धेरै कुराको अपेक्षा गरेका हुन्छन् । हरेक प्रेमिले आफ्नो प्रेमिकाबाट चाहने ३ कुराहरु निम्न हुन् ।

१) प्रशंसा: महिलाहरु जस्तै पूरुषहरु पनि आफूलाई प्रशंसा गरेको मनपराउँछन् । उनीहरु पनि आफूलाई राम्रो देखिएको छ भन्ने कुरा आफ्नो प्रेमिकाबाट सुन्न चाहन्छन् । प्रेमसम्बन्धमा एकले अर्कालाई मूल्यांकन गरी प्रशंसा गर्नु जरुरी छ ।

२) समर्थन: हरेक मानिस विभिन्न किसीमका अप्ठ्यारा परिस्थितिबाट गुज्रिन्छन् । आफूलाई गाह्रो भएको अवस्थामा प्रेमी वा प्रेमिका दुबैलाई एक अर्काको समर्थन निकै नै महत्वपूर्ण हुन्छ । प्रेमीले सुखदुख दुबै अवस्थामा आफ्नो प्रेमीकाको साथ चाहेको हुन्छ ।

३) माया: प्रेमीले सधैं आफ्नो प्रेमिकाबाट धेरै माया चाहन्छ । प्रेमिले प्रेमिकाले अँगालो हालेको , चुम्बन गरेको निकै नै मनपराउँछन् । यसका साथै ‘ म तिमीलाई माया गर्छु ’ , ‘ म तिमीलाई चाहन्छु ’ भन्ने कुराहरु प्रेमीले प्रेमिकाबाट सुन्न चाहिरहेको हुन्छ ।

प्रकाशित : सोमबार, चैत २८, २०७३१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ड्राई र ओयली फेसबाट यसरी पाउनुस् छुटकारा, एउटा सरल बिधि (भिडियो सहित)