एजेन्सी – छालालाई सफा र सुन्दर बनाउनको लागि चामल र गोलभेडाको प्रयोग निकै नै राम्रो उपाय हो । आज हामी तपाईंलाई छालालाई आर्कषक बनाउने निकै सजिलो उपायको बारेमा जानकारी दिन्छौं ।
आवश्यक सामाग्रीहरु
१) गोलभेडाको रस ( १ चम्चा )
२) चामलको पिठो ( १ चम्चा )
३) दहि ( २ चम्चा )
बनाउने तथा प्रयोग गर्ने विधि
सबैभन्दा पहिला गोलभेडाको रस र दहिलाई मिसाउनुहोस् । त्यसपछि यसमा चामलको पिठोलाई हाली राम्ररी चलाउनुहोस । बाक्लो पेस्ट तयार भएपछि ब्रशको मद्धतले पेस्टलाई अनुहारमा लगाउनुहोस् । केहि मिनेटको लागि त्यसै छोड्नुहोस् । यसपछि चीसो पानीले मुख धुनुहोस् ।