साबुन र फेशवास होईन यो प्राकृतिक चिजले मुख धुनुस्, अनि पाउनुस् यस्तो आश्चर्यजनक परिणाम

एजेन्सी – प्रायजसो मानिसहरु अनुहार धुनको लागि साबुन वा रसायन भएको फेशवासको प्रयोग गर्ने गर्छन् । तर यसको प्रयोगबाट अनुहारलाई झन बेफाईदा हुने हुन्छ । यसबाट अनुहारको छाला सुख्खा र फुस्रो देखिन्छ ।

तपाईंले अनुहारलाई राम्रो बनाउनको लागि घरमै पाईने चीजहरुलाई फेशवासको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । प्राकृतिक वस्तुको प्रयोगबाट तपाईंको अनुहार पहिला भन्दा निकै नै सुन्दर तथा आर्कषक देखिन्छ । आज हामी तपाईंलाई यसै सम्बन्धि जानकारी दिन्छौं ।

कागती
हप्तामा एकचोटि अनुहारमा कागतीको रस लगाएर १५ मिनेटपछि अनुहार धुनुहोस् । कागतीले मैलो हटाई अनुहारलाई सफा बनाउँछ ।

दही
दहीलाई प्राकृतिक मोइस्चराइजरको रुपमा प्रयोग गर्न सकिन्छ । दहीबाट अनुहार नरम बन्दछ । यसका साथै दहीले अनुहारको मैलोलाई राम्ररी सफा गर्छ । र अनुहारलाई चम्किलो बनाउँछ ।

मह
मह एक प्राकृतिक ब्युटि प्रोडक्ट हो । यसको प्रयोग गर्नाले छालाको सुख्खापन हट्छ । यसबाट तपाईंको छाला नरम तथा सफा देखिन्छ ।

जैतूनको तेल
अनुहारमा हुने समस्याको लागि जैतूनको तेल निकै नै फाईदाजनक छ । मेकअपलाई हटाउन तथा छालालाई नरम बनाउनको लागि जैतूनको तेलको प्रयोग गर्नुहोस् । दिनहुँ सुत्नुभन्दा अगाडि जैतूनको तेलको प्रयोग धेरै नै फाईदाजनक हुन्छ ।

नरिवलको तेल
यदि तपाईं आफ्नो मेकअपलाई सफा गर्न चाहनुहुन्छ भने , नरिवलको तेलको प्रयोग जस्तो राम्रो उपाय अरु हुन सक्दैन । यसको प्रयोग क्लींजिंग तेलको रुपमा गर्न सकिन्छ । रसायन प्रयोग गरिएको सौन्दर्य प्रशाधनभन्दा यसको प्रयोग निकै नै फाईदाजनक छ ।

प्रकाशित : आइतबार, चैत २७, २०७३१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उचाई र उमेर अनुसार तपाईंको तौल कति हुनु पर्छ ? जान्नुहोस्