रगत बढाउने मात्र नभई सुन्दरताको लागि पनि अनारको प्रयोग निकै नै फाईदाजनक

एजेन्सी – अनारको स्वाद मीठोे हुने भएकोले धेरैजसो मानिसहरु यसलाई खान मनपराउँछन् । अनारमा भिटामिन सी पाईनुको साथै एन्टि अक्सिडेन्ट गुण हुन्छ । यसै कारणले गर्दा अनार स्वास्थ्यको लागि निकै नै लाभदायक छ । अनारको बीउ र बोक्रामा पनि अनेक गुण हुन्छ । अनारलाई खानाले मुटुसम्बन्धि रोग तथा क्यान्सरबाट बच्नमा पनि मद्धत मिल्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।

अनारलाई स्वास्थ्यको लागि मात्र नभई सुन्दर देखिनुको लागि पनि प्रयोग गर्न सकिन्छ । हरेक दिन अनारको जुस पिउनाले अनुहार चम्किलो देखिन्छ । यसका साथै यसले अनुहारको दागधब्बालाई पनि हटाउँछ । अनारको प्रयोगले हुने अन्य फाईदाहरु निम्नानुसार छन् ।

१) अनुहारलाई सफा बनाउनको लागि
अनारको बोक्रालाई पिसेर अनुहारमा राम्ररी मालिश गर्नुहोस् । यसबाट तपाईंको अनुहारको मरेको छाला हटेर अनुहार एकदमै सफा देखिन्छ । तपाईंले यसको प्रयोग महसँग मिसाएर पनि गर्न सक्नुहुन्छ ।

२) सूर्यको हानिकारक किरणबाट बच्नको लागि
अनारले सूर्यको हानिकारक किरणबाट छालालाई असर हुन दिदैंन । अनारको बोक्रामा सन ब्लकिंग एजेन्ट हुुन्छ , जस्ले छालालाई सुरक्षित राख्दछ ।

३) मोइस्चराईजरको रुपमा प्रयोग
अनारले छालालाई सुख्खा हुन दिदैंन । अनारको बीउबाट निस्कने तेलको प्रयोगले छालालाई नरम बनाउनमा मद्धत गर्छ ।

४) नयाँ कोशिकाहरुको निर्माण
अनारले कोशिकाहरुको निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्छ । जस्ले गर्दा अनुहारमा चमक आउँदछ ।

प्रकाशित : शनिबार, चैत २६, २०७३१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लिंग छोटो र पातलो हुने समस्याबाट धेरै पूरुषहरु चिन्तित हुने गर्छन् , यस्तो छ छुट्कारा पाउने सजिलो उपाय