घ्युकुमारी एलर्जी, कब्जियत,पोलेको, छाती दुख्ने, अपच लगाएतका सयौँ रोगको औषधी

स्वास्थ्य – घ्युकुमारी कब्जियत रोगिको लागे फाइदाजनक हुन्छ । घ्युकुमारी पानीमा मिसाएर खाने गर्नुभयो भने दिसा खलास हुन्छ ।

खाना अपच हुने र ग्यास फर्मेसनको कारण पेट तथा छाती दुख्ने गर्छ भने घ्युकुमारी खानुहोस यसले आराम दिन्छ। घ्युकुमारीको सेवनले शरीरमा चिनीको मात्र सन्तुलन राख्ने भयकोले मधुमेह रोगीको लागि यो लाभदायक हुन्छ । यसले शरीरका विभिन्न ठाउँमा जम्मा भएका विषाक्त पदार्थलाई हटाउनलाई सहयोग गर्छ । घ्युकुमारीको जुस सेवनले रक्तसञ्चार सुचारु गरि कोलेस्टेरोलको समस्या पनि बढन दिदैन ।

शरीरका रक्तकोष र रक्तकोषिका बिग्रेकाछन् भने घ्युकुमारीको जुस खानाले पुन उही अबस्थामा आउंछन । घ्युकुमारीको जुस उच्च रक्तचापका बिरामीलाई लाभदायक हुन्छ । यसको सेवनले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा रोक्दछ । घ्युकुमारीको सेवनले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।घ्युकुमारीले शरीरलाई चाहिने भिटामिन र खनिजको मात्रलाई बढाउन सहयोग गर्छ । गिजा सम्बन्धि रोग समाधान  गर्न घ्युकुमारीले सहयोग गर्ने हुँदा घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।

पोलेको ठाउँमा घ्युकुमारी लगाउनाले घाउ निको हुनुको साथै पोलेको दाग पनि गाडा बस्न दिदैन । शरीरका कुनै पनि ठाउँमा गाढा दाग छन् भने दिनहु घ्युकुमारी लगाउनाले दाग बिस्तारै हराउदै जान्छ । घ्युकुमारी नियमित लगाउनाले आँखावरिपरिको डार्क सर्कल हटाउन सहयोग गर्छ । अनुहार फुस्रो छ भने घ्युकुमारीको दिनहु प्रयोगले अनुहार चिल्लो हुन्छ ।

 

प्रकाशित : बुधबार, चैत १६, २०७३१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ दिनमै मात्र ३ सामाग्रीको प्रयोग गरी अनुुहारको चाउरीपना हटाउने निकै सरल उपाय