स्वास्थ्यमा फाईदा पुर्याउने सामाग्रीको प्रयोगबाट ७ दिनमै मोटोपन घटाउने निकै सरल विधि

शरीरको बोसो हटाउनको लागि घरमै तरल पदार्थलाई बनाउन सकिन्छ । यस तरल पदार्थलाई ७ दिनसम्म नियमित प्रयोग गर्नाले निकै छिटो तौल घट्छ । यसका साथै यसले तपाईंको शारिरीक शक्तिलाई पनि बढाउँछ ।

आवश्यक सामाग्रीहरु 

१) कागती
२) काँक्रो
३) १ चम्चा पिसेको अदुवा
४) १ चम्चा घ्युकुमारीको रस
५) धनियां
६) आधा गिलास पानी

बनाउने विधि

माथिका सम्पूर्ण सामाग्रीहरुलाई ब्लेन्डरमा हाल्नुहोस् । राम्ररी पिसिसकेपछि जुस तयार हुन्छ । यस मिश्रित जुसलाई सुत्नुभन्दा अगाडि नियमित रुपमा पिउनुहोस् । यसको प्रयोगबाट विशेष रुपमा तपाईंको पेटको बोसो घट्न मद्धत पुग्छ ।

सामाग्रीको प्रयोगबाट स्वास्थ्यमा पुग्ने फाईदाहरु

काँक्रो
मोटोपनसँग लड्नको लागि काँक्रो धेरै नै फाईदाजनक छ । यसले बोसो घटाउने प्रक्रियामा छिटो असर गर्छ ।

धनियां
धनियांमा थोरै मात्रामा क्यालोरी पाईन्छ । यसमा एन्टिअक्सिडेन्ट गुण हुनुको साथै भिटामिन र मिन्रल्स पनि पाईन्छ । जस्ले गर्दा पेटको बोसो घट्नमा मद्धत पुग्छ ।

अदुवा
यसले पाचन प्रणालीमा सुधार ल्याउनुको साथै कब्जीयतबाट पनि बचाउँछ । यसले तपाईं सुतिरहेको समयमा पेटको बोसोलाई बिस्तारै घटाउँछ ।

कागतीको रस
कागतीको रस शरीरको विषादि पदार्थ हटाउनको लागि निकै नै फाईदाजनक छ ।

घ्युकुमारीको रस
यसले छिट्टै पेटको बोसोलाई घटाउँछ ।

पानी
पानी हाम्रो शरीरको लागि निकै नै आवश्यक छ । यसले विभिन्न स्वाथ्यसम्बन्धि फाईदा पुर्याउनुको साथै शरीरको बोसोलाई हटाउनमा पनि मद्धत पुर्याउँछ ।

 

प्रकाशित : बिहिबार, चैत १०, २०७३१४:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता हुन्छन् फोक्सोको क्यान्सरका ६ लक्षण, जानी राखौं !