यस्ता हुन्छन् फोक्सोको क्यान्सरका ६ लक्षण, जानी राखौं !

एजेन्सी – फोक्सोको क्यान्सरको प्रारम्भिक चरणमा सजिलै लक्षणहरु देखापर्दैनन् । यसै कारणले गर्दा यो रोग विकसित भईसकेपछि अनुमानित ४० %  मानिसहरुले मात्र पत्ता लगाउन सकेका छन् । आज हामी तपाइँलाई फोक्सोको क्यान्सरको  ६ लक्षणहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छन् ।

लामो समयसम्म खोकी लाग्नु 
चिसोले अथवा श्वासप्रश्वासको संक्रमणले गर्दा खोकी लागेको हो भने, १ वा २ हप्ताभित्रमा निको हुने गर्दछ । तर निरन्तर रुपमा लामो समयसम्म खोकी लागिरहेको छ भने, तपाइँले सर्तकता अपनाउन धेरै जरुरी छ । लगातार खोकी लागिरहनु फोक्सोको क्यान्सरको सङ्केत हुनसक्छ । लगातार खोकी लागेमा तुरुन्त डाक्टरकोमा गई जँचाई हाल्नुपर्छ ।

खोकीमा परिवर्तन आउनु 
यदि तपाइँ धुम्रपान गर्नुहुन्छ भने, खोकीमा आएको परिवर्तनलाई महशुश गर्नासाथ सर्तकता अपनाउन जरुरी छ । तपाइँको खोकी झनझन बढ्न गई रुखो आवाज निस्किएको छ वा खकारमा रगत देखिएको छ भने ढिलो नगरिकन चाडैं डाक्टरलाई जँचाउनुहोस् । साथै तपाइँको साथि वा परिवारका सदस्यमा पनि यस्ता लक्षण देखिएमा डाक्टरलाई जँचाउनको लागि सल्लाह दिनुहोस् ।

श्वासप्रश्वासमा कठिनाई 
श्वास फेर्नमा गाह्रो महशुश भएमा यसले पनि फोक्सोको क्यान्सर हुने सम्भावनाको सङ्केत गर्दछ । फोक्सोको क्यान्सरले श्वासमार्गलाई सांघुरो बनाउँछ । त्यसैले हामीलाई श्वास फेर्नमा कठिनाई हुने गर्दछ । भर्याङ्ग चढ्दा वा कुनै काम गर्दा तपाइँले सास फेर्न गाह्रो भएको महशुश गर्नुहुन्छ भने, यसलाई बेवास्ता नगर्नुहोस् ।

छाती दुख्नु 
फोक्सोको क्यान्सरको कारणले गर्दा छाती, काँध तथा ढाड दुख्ने समस्या हुन्छ । यसरीे लगातार रुपमा दुख्ने महशुश हुनु खोकीसँग सम्बन्धित नभई फोक्सोको क्यान्सरको लक्षण हुनसक्छ । निरन्तर रुपमा छाती दुख्ने समस्या भईरहेमा डाक्टरलाई जँचाउन जरुरी छ । साथै तपाइँले छातीभरि नै दुखेको छ वा केही भागमा मात्र दुखेको छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।

स्वा स्वा गरी सास फेर्नु 
श्वासमार्ग सुनिएको वा बन्द भएको अवस्थामा सास फेर्दा स्वा स्वा आउने गर्दछ । यसरी सास फेर्दा आवाज निस्किने कारणहरु धेरै हुनसक्छन् । स्वा स्वा आउने समस्या लगातार रुपमा भईरहेमा यसले फोक्सोको क्यान्सरको सङ्केत गर्दछ । त्यसैले निरन्तर रुपमा यससम्बन्धि समस्या देखिएमा आस्थ्मा वा एलर्जी भएको भनी बेवास्ता गर्नुहुदैंन । तुरुन्त डाक्टरकहाँ गई जँचाई हाल्नुपर्छ ।

रुखो वा खस्रो आवाज निस्कनु 
यदि तपाइँले आवाजमा परिवर्तन आएको महशुश गर्नुभयो भने , डाक्टरलाई देखाउन जरुरी छ । रुखो आवाजको कारण चिसो लागेको  पनि हुनसक्छ । तर यो लक्षण २ हप्ताभन्दा बढि देखिएमा चिन्ताजनक हुनसक्छ । त्यसैले यस कुरामा तँपाईले सतर्कता अपनाउन जरुरी छ ।

 

प्रकाशित : बुधबार, चैत १६, २०७३११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक्कै छिनमा छालाको डरलाग्दा दाग र चाउरीपन हटाउने अचुक घरेलु उपाय !