हातलाई गोरो, नरम तथा आर्कषक बनाउनको लागि मात्र २ सामाग्रीको प्रयोग (विधि सहित)

एजेन्सी – हातलाई आर्कषक बनाउने यस घरेलु विधिमा मात्र २ वटा सामाग्रीको आवश्यकता पर्छ । यसलाई बनाउने विधि पनि निकै सजिलो छ । यस विधिको नियमित प्रयोग बाट तपाईंको हातको छाला नरम र गोरो हुनुको साथै निकै आर्कषक देखिन्छ ।

आवश्यक सामाग्रीहरु

१) पाकेको केरा
२) मह

बनाउने विधि

सबैभन्दा पहिला पाकेको केराको बोक्रालाई निकालेर फाल्नुहोस् । त्यसपछि केरालाई स–साना टुक्रामा काट्नुहोस् । यसलाई ब्लेन्डरमा राखेर पिस्नुहोस् । तपाईंले बाक्लो मिश्रण प्राप्त गर्नुहुनेछ । यसपछि यस्मा २ चम्चा प्राकृतिक महलाई हाली राम्ररी मिसाउनुहोस् ।

यो निकै नै राम्रो मास्क हो । तपाईंले यसको मद्धतले आफ्नो हातको कालो दागहरु हटाई सुख्खा छालालाई नरम बनाउन सक्नुहुन्छ । यसले तपाईंको हातको छालालाई चम्किलो बनाई आर्कषक देखिनमा मद्धत गर्छ ।

प्रयोग गर्ने विधि

तयार गरिएको मास्कलाई आफ्नो हात र नाडिमा राम्ररी लगाउनुहोस् । र यसलाई २० मिनेटसम्म त्यसै छोड्नुहोस् । २० मिनेटपछि यस मास्कलाई आफ्नो छालाबाट निकाल्नुहोस् । यस मास्कको प्रयोग हप्तामा ४ पटकसम्म गर्नुहोस् । त्यसपछि तपाईको हातमा आश्चर्यजनक परिवर्तन आउनेछ ।

प्रकाशित : बिहिबार, चैत १०, २०७३१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वास्थ्यमा फाईदा पुर्याउने सामाग्रीको प्रयोगबाट ७ दिनमै मोटोपन घटाउने निकै सरल विधि