सुन्दर, सफा र गोरो छाला पाउने प्राकृतिक सरल विधि

ऐजेन्सी – छालालाई स्वस्थ, सफा र आर्कषक बनाउनको लागि सरल घरेलु उपायलाई अपनाउन सकिन्छ । यसबाट तपाईंको छाला पहिलाभन्दा निकै आर्कषक देखिनेछ ।

आवश्यक सामाग्रीहरु

१) ३ चम्चा गुलाबजल
२) २ चम्चा घ्युकुमारीको रस
३) २ चम्चा जैतुनको तेल
४) १ चम्चा कागतीको रस
५) १ चम्चा चन्दनको धुलो

बनाउने विधि

अनुहारको मास्कलाई बनाउने विधि निकै नै सरल छ । सबैभन्दा पहिला गुलाबजल र कागतीको रसलाई मिसाउनुहोस् । त्यसपछि चन्दनको धुलोलाई हालेर राम्ररी मिसाउनुहोस् । यस मिश्रणलाई छान्नुहोस् । बाक्लो पेस्ट बनाईसकेपछि यसमा जैतुनको तेल र घ्युकुमारीको रसलाई मिसाउनुहोस् । एउटा भाँडोमा तयार भएको लोशनलाई हाल्नुहोस् ।

प्रयोग गर्ने विधि

सुत्नुभन्दा अगाडि सफा पानीले मुख धुनुहोस् । आफ्नो छालामा लोशनलाई लगाई राम्ररी मसाज गर्नुहोस् । रातभरि यस लोशनको असर तपाईंको छालामा लाग्ने हुन्छ । त्यसपछि बिहान उठ्नेबितिक्कै अनुहारलाई सफा पानीले धुनुहोस् । यसपछि तपाईंको अनुहार गोरो , सुन्दर र आर्कषक बन्छ ।

प्रकाशित : बिहिबार, चैत ०३, २०७३१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हातलाई गोरो, नरम तथा आर्कषक बनाउनको लागि मात्र २ सामाग्रीको प्रयोग (विधि सहित)