गोलभेडाको प्रयोग गरी अनुहारको दाग र पिम्पल हटाउने निकै सरल घरेलु विधि

एजेन्सी – गोलभेडामा एन्टिअक्सिडेन्ट गुण हुने भएकोले यसको प्रयोग हाम्रो छालाको लागि निकै नै फाईदाजनक छ ।गोलभेडामा लाइकोपिन प्रचुर मात्रामा पाईन्छ । यसले सूर्यको पराबैजनी किरणबाट बचाउँछ । जस्ले गर्दा स्किन क्यान्सर बाट बच्न मद्धत मिल्छ । गोलभेडाको प्रयोग तपाईंले छालालाई सुन्दर तथा आर्कषक बनाउनको लागि पनि गर्न सक्नुहुन्छ । गोलभेडालाई निम्न विधिबाट छालासम्बन्धि विभिन्न उपायको लागि प्रयोग गर्न सकिन्छ ।

१) अनुहारको दाग हटाउनको लागि

गोलभेडामा पाईने एन्टिअक्सिडेन्ट गुणले छालालाई बिग्रनबाट बचाउँछ । गोलभेडाको मद्धतले अनुहारको दाग पनि हटाउन सकिन्छ । यसको लागि सबैभन्दा पहिला गोलभेडालाई आधा हुने गरी काट्नुहोस् । त्यसपछि यस आधा गोलभेडालाई दाग भएको ठाउँमा दल्नुहोस् । केहि सेकेन्डको लागि मसाज गरिसकेपछि मन्तातो पानीले मुख धुनुहोस् । यसलाई हरेक दिन गर्नाले तपाईंको अनुहारबाट दाग हट्दछ ।

२) पिम्पल हटाउनको लागि

सबैभन्दा पहिला आफ्नो अनुहारलाई सफा पानीले धुनुहोस् । त्यसपछि गोलभेडाको रसलाई अनुहारमा लगाई १५ देखि २० मिनेटको लागि त्यसै छोड्नुहोस् । यसो गर्नाले तपाईंको अनुहारको पिम्पल हट्छ ।

३) फेसवासको रुपमा

एउटा कचौरामा गोलभेडाको रससँग केही थोपा कागतीको रसलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् । यसलाई ५ मिनेटसम्म त्यसै छोड्नुभई सफा पानीले मुख धुनुहोस् ।

प्रकाशित : बुधबार, चैत ०२, २०७३१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन्दर, सफा र गोरो छाला पाउने प्राकृतिक सरल विधि